सरकार र मिटरब्याजपीडितबीच निजगढमा वार्ता

हिमाल प्रेस ३० असार २०८३ १२:५६ | Tuesday, July 14, 2026
12
SHARES
सरकार र मिटरब्याजपीडितबीच निजगढमा वार्ता
काठमाडौँ- सरकार र मिटरब्याजपीडितबीच वार्ता भएको छ । गृहमन्त्री सुधन गुरुङ र मिटरब्याजविरुद्ध पैदल मार्च गर्दै जनकपुरबाट काठमाडौं हिँडेकाहरूबीच आज निजगढमा वार्ता भएको हो ।
उनीहरूलाई भेट्न गृहमन्त्री गुरुङ निजगढ पुगेका छन् । निजगढस्थित उद्योग वाणिज्य संघको हलमा गृहमन्त्रीसँग ६ बुँदे मागबारे पहिलो चरणको वार्ता सम्पन्न भएको पैदल यात्रीहरूले बताएका छन् ।
दोस्रो चरणको वार्ताको लागि सरकार र आन्दोलनरत दुवै आन्तरिक गृहकार्यमा जुटेका  छन् । गृहमन्त्रीले उनीहरूका मागबारे प्रधानमन्त्रीसँग सल्लाह गर्ने बताएका छन् ।
प्रकाशित: ३० असार २०८३ १२:५६ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast