ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउँछ?

हिमाल प्रेस ३० असार २०८३ ११:४३ | Tuesday, July 14, 2026
ट्राफिक प्रहरीले जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता पाउँछ?

काठमाडौँ- नेपाल प्रहरीले ट्राफिक प्रहरीले ट्राफिक नियम उल्लंघनबापत उठाइने जरिवानाबाट २५ प्रतिशत विशेष भत्ता प्राप्त गर्ने भन्ने विषयमा सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा प्रसारित समाचार र टिप्पणीहरू भ्रामक तथा तथ्यहीन रहेको जनाएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयले मंगलबार विज्ञप्ति जारी गर्दै ट्राफिक नियम उल्लंघन गरेबापत संकलन हुने जरिवाना रकम प्रत्यक्ष रूपमा नेपाल सरकारको राजस्व खातामा जम्मा हुने व्यवस्था रहेको बताएको छ। उक्त रकमबाट ट्राफिक प्रहरी कर्मचारीले कुनै अतिरिक्त शुल्क, सुविधा वा विशेष भत्ता पाउने कानुनी व्यवस्था नरहेको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रहरीले आधिकारिक पुष्टिबिना अनुमानका आधारमा समाचार तथा टिप्पणी प्रकाशित वा प्रसारित गर्दा आम नागरिकमा भ्रम सिर्जना हुने, सार्वजनिक संस्थाप्रतिको विश्वासमा नकारात्मक असर पर्ने तथा प्रशासनिक प्रक्रियालाई अनावश्यक रूपमा विवादित बनाउने अवस्था उत्पन्न हुन सक्ने जनाएको छ।

नेपाल प्रहरीले सबै सञ्चार माध्यम, सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सरोकारवालालाई समाचार वा सूचना प्रकाशन तथा प्रसारण गर्नुअघि सम्बन्धित निकायबाट तथ्य पुष्टि गर्न तथा जिम्मेवारीपूर्वक सूचना सम्प्रेषण गर्न अनुरोध गरेको छ।

प्रकाशित: ३० असार २०८३ ११:४३ | Tuesday, July 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast