अभिनेत्री रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ मा ३ पूर्वमिस नेपाल देखिने

हिमाल प्रेस २८ असार २०८३ १२:०१ | Sunday, July 12, 2026
14
SHARES
अभिनेत्री रेखा थापा निर्देशित ‘माया भनेकै यस्तो होला’ मा ३ पूर्वमिस नेपाल देखिने

काठमाडौँ- ‘माया भनेकै यस्तो होला’ भदौ २६ गतेबाट प्रदर्शनमा आउने फिल्म हो । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण युनिटले मुख्य कलाकार सबै समेटिएको पोस्टर सार्वजनिक गरेको छ ।

पोस्टरमा फिल्मका दिल श्रेष्ठ हल्दी डे मनाइरहेका छन् भने त्यसमा मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, पूर्वमिस नेपालहरू सृष्टि श्रेष्ठ, नीति शाह, नम्रता श्रेष्ठसमेत अटाएका छन् । नम्रताको हातमा बधाईका लागि हुनेवाला दुलाहालाई दिन ल्याएको बुके छ । मदनकृष्ण भने ह्विलचेयरमा छन् । यसले उनी शारीरिक रूपमा अशक्त रहेको देखाउँछ ।

पूर्ण पारिवारिक यो पोस्टरले सिनेमा फेमेली ड्रामा रहेको बताएको छ । फिल्म अभिनेत्री रेखा थापाले निर्देशन गरेकी हुन् । रेखाको ८ वर्षपछि निर्देशन कमब्याक भएको हो ।

उनले यसअघि ‘हिम्मतवाली’ र ‘मालिका’ जस्ता फिल्म निर्देशन गरिसकेकी छन् । ‘दिया एन्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको फिल्ममा मदनकृष्ण श्रेष्ठ, दिल श्रेष्ठ, मिस नेपालहरू सृष्टि श्रेष्ठ, नम्रता श्रेष्ठ र पूर्वमिस नेपाल इन्टरनेसनल नीति शाहको मुख्य भूमिका छ ।

विशेष भूमिकामा पूर्वमिस नेपाल उषा खड्गीको पनि अभिनय छ । लक्ष्मी गिरी, विशाल पहाडी, संगम भण्डारी, रवि डंगोल, सुनिता श्रेष्ठ र विनोद पौडेल लगायतको अभिनय छ । ‘दिया एन्ड अमु फिल्मस्’ को ब्यानरमा निर्माण भएको चलचित्रमा हरिनारायण श्रेष्ठ, मायादेवी श्रेष्ठ, नवराज श्रेष्ठ, जस्मिन श्रेष्ठ र प्रकाश श्रेष्ठ निर्माता छन् ।

फिल्ममा ध्रुव लम्सालको पटकथा लेखन रहेको छ । फिल्म देशभर रीच इन्टरटेन्मेन्ट, एप्पल इन्टरटेन्मेन्ट र एफडी कम्पनीले वितरणको जिम्मा लिएका छन् ।

प्रकाशित: २८ असार २०८३ १२:०१ | Sunday, July 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast