काठमाडौँ- बाँके-२ मा राप्रपाका महामन्त्री डा धवलशमशेर राणा विजयी भएका छन्। एमाले–राप्रपा गठबन्धनबाट विजयी भएका राणाले २९ हजार पाँच सय ७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
उनका निकटतम प्रतिद्वन्द्वी मोहम्मद इस्तियाक राईले २३ हजार पाँच सय २० मत प्राप्त गरेर दोस्रो स्थान हासिल गरेका छन्।
नेपाली कांग्रेसका सुदीपनरसिंह राणा चार हजार चार सय तीन मत ल्याएर तेस्रो ल्याएका छन्। नेपालगञ्ज उपमहानगरपालिकाको दुईपटक प्रमुख हुनुभएका राणालाई साझा उम्मेदवारका रूपमा हेरिएको थियो। क्षेत्र नं २ मा ९७ हजार आठ सय तीन मतदाता रहेका थिए।
प्रकाशित: ७ मंसिर २०७९ ९:४६ | Wednesday, November 23, 2022
प्रतिक्रिया



