सर्लाहीमा पनि एक युवकले गरे आत्मदाहको प्रयास

हिमाल प्रेस २६ असार २०८३ १८:१२ | Friday, July 10, 2026
46
SHARES
सर्लाहीमा पनि एक युवकले गरे आत्मदाहको प्रयास

काठमाडौँ- सर्लाहीमा पनि एक युवकले आत्मदाहको प्रयास गरेका छन्।

सर्लाहीको गोडैता नगरपालिका–१० घर भएका ३५ वर्षीय विवेक मण्डलले आत्मदाहको प्रयास गरेका हुन्।

सर्लाही–४ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता अमरेशकुमार सिंहले मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जानकारी दिएका छन्।

सांसद सिंहले गोडैता घर भएका युवक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्ने प्रयास गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। उनले घटनाबारे प्रधानमन्त्री वालेन्द्र शाह र गृहमन्त्री सुधन गुरुङलाई जानकारी गराएको बताएका छन्।

‘गोडैता नपा–१० निवासी ३५ वर्षका विवेक मण्डलले आफूमाथि पेट्रोल खन्याएर आत्मदाह गर्न खोजेको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारीअनुसार निजको अवस्था नाजुक रहेकोले मैले सम्मानीय प्रधानमन्त्रीज्यू, गृहमन्त्री र पार्टी सभापतिज्यूलाई जानकारी गराएको छु,’ सिंहले सामाजिक सञ्जालमा लेखेका छन्,‘निजको निःशुल्क उपचारको व्यवस्था समेत गरिदिन हुन अनुरोध गरेको छु। प्रधानमन्त्रीज्यूलाई जानकारी गराएलगत्तै हेलिकप्टर पठाइएको छ, साथै निःशुल्क उपचार हुने व्यवस्था मिलाइएको छ। यसका लागि माननीय प्रधानमन्त्री, गृहमन्त्री र सभापतिज्यूलाई धन्यवाद व्यक्त गर्दछु।’

बिहीबार काठमाडौँको त्रिपुरेश्वरस्थित राहानी विभागअगाडि आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारको क्रममा शक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो।

राइड सेयरिङ पेसामा आवद्ध उनको मोटरसाइकलमा नगर प्रहरीले ह्वील लक गरेपछि नेपालीले आत्मदाह गरेका थिए।

प्रकाशित: २६ असार २०८३ १८:१२ | Friday, July 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast