निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री

हिमाल प्रेस २५ असार २०८३ ९:४० | Thursday, July 9, 2026
6
SHARES
निर्माण व्यवसायीसँग संवाद गर्दै प्रधानमन्त्री प्रधानमन्त्री वालेन्द्र शाह।

काठमाडौँ- प्रधानमन्त्री बालेन्द्र शाह ‘वालेन’ले निजी क्षेत्रसँगको संवाद तीव्र पारेका छन्। नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको पूर्वसन्ध्यामा उनले यस्ता भेट तीव्र पारेका हुन। हिजो निजी क्षेत्रका व्यवसायीसँग भेट गरेका शाहले आज निर्माण व्यवसायीहरुसँग छलफल गर्दै छन्। बिहान साढे ११ बजे प्रधानमन्त्री कार्यालयमा छलफल आयोजना गरिएको प्रेस तथा अनुसन्धाविज्ञ दीपा दाहालले जानकारी दिइन्।

बैठकमा विकास निर्माणको क्षेत्रमा देखिएका समस्या, समाधान, सरकारले गर्नुपर्ने सहजीकरणलगायतका विषयमा छलफल हुनेछ। केही दिनयता पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशव्यापी बिभिन्न आयोजनाहरुको निरीक्षण तीव्र पारेका छन्।

यसअघि शाहले हिजो निजी क्षेत्रका व्यवसायीहरुसँग छलफल गरे। त्यसक्रममा उनीहरुले व्यवसायीहरुमाथि दोषी देखिए कारबाही भोग्न तयार रहे पनि सरकारले अनावश्यक धरपकड गरेकोमा आपत्ति जनाएका थिए।

प्रधानमन्त्री शाहले गल्ती गर्नेलाई छोड्न पनि नहुने र निर्दोषले त्रसित हुन नपर्ने भन्दै ढुक्क भएर काम गर्न आश्वस्त पारेका थिए।

प्रकाशित: २५ असार २०८३ ९:४० | Thursday, July 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast