प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखलाई एमालेको माग

हिमाल प्रेस २४ असार २०८३ १३:०३ | Wednesday, July 8, 2026
4
SHARES
प्रधानमन्त्रीलाई सदनमा बोलाउन सभामुखलाई एमालेको माग

काठमाडौँ- नेकपा एमालेले प्रधानमन्त्री बालेन्द्र शाहलाई रुलिङ गरेर प्रतिनिधिसभा बैठकमा बोलाउन सभामुख डोलप्रसाद अर्यालसँग माग गरेको छ ।

बुधबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद राजेन्द्र कुमार राईले प्रधानमन्त्री शाह संसद् र प्रतिपक्षप्रति उत्तरदायी नभएको भन्दै सभामुखमार्फत विशेष रुलिङको माग गरेका हुन् । राईले प्रधानमन्त्रीले संसद्‌मा उठेका प्रश्नहरूको सामना गर्नुपर्ने र डेढ महिनादेखि कायम गतिरोध अन्त्य गर्न पहल गर्नुपर्ने बताए।

सांसद राईले प्रधानमन्त्रीले रोस्टमबाट व्यक्त गरेका विचारप्रति प्रतिपक्षको असहमति रहेको र त्यसको स्पष्टीकरणका लागि हप्तौँदेखि माग गर्दा पनि प्रधानमन्त्री नआएको बताए । ‘प्रधानमन्त्री अनिवार्य रूपमा आएर जवाफ दिनुपर्छ, यो सदन जनताले पठाएका प्रतिनिधिहरूको हो, कुनै सामाजिक सञ्जाल होइन,’ उनले भने, ‘प्रधानमन्त्रीलाई रुलिङ गरेर तत्काल सदनमा डाकियोस्।’

.सम्बोधनका क्रममा सांसद राईले केही समयअघि आफ्नो माइक काटिएको विषयमा सभामुखप्रति पनि असन्तुष्टि व्यक्त गरे । राईले भने, ‘सभामुखप्रति मेरो सम्मान छ, तर जनप्रतिनिधिले आफ्नो भावना र विचार राख्न पाउनुपर्छ। विधि र प्रक्रियाभन्दा बाहिर सरकार जानु हुँदैन। संवाद र सहमतिको आधारमा मात्र सदन अगाडि बढ्न सक्छ,’ राईले भने ।

.सांसद राईले प्रधानमन्त्रीले संसद्‌मा आएर प्रतिपक्षका प्रश्नको जवाफ नदिएसम्म आन्दोलन र विरोध जारी रहने बताए ।

 

प्रकाशित: २४ असार २०८३ १३:०३ | Wednesday, July 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast