सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

हिमाल प्रेस २३ असार २०८३ १७:१३ | Tuesday, July 7, 2026
12
SHARES
सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ प्रतिनिधिमूलक तस्बिर।

उदयपुर- उदयपुरगढी गाउँपालिकाबाट सुनको गहना सफा गरिदिने भन्दै ठगी गर्ने बिहारी गोविन्द साह र सचिन साहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ।

दुई भारतीयले ग्रामीण महिलाका सुनको गहना सफा गरिदिने भन्दै लुटपाट गरेको तथा स्थानीय पेसलकुमारी मगर र मनमाया तामाङको घरमा गहना सफा गर्ने बहानामा सुन चोरी गरेकाले प्रहरीले कारबाहीका लागि नियन्त्रणमा लिएको हो।

घटना लगत्तै पीडित महिलाले प्रहरी चौकी उदयपुर गढीमा खबर गरेपछि उदयपुर गढीबाट खटिको प्रहरीले अभियुक्तलाई उदयपुर गढीबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरले बताएको छ।

प्रकाशित: २३ असार २०८३ १७:१३ | Tuesday, July 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast