फिफा विश्वकपको राउन्ड अफ ३२ अन्तर्गत केप भर्डेविरुद्धको खेलमा बल नियन्त्रण गर्दै अर्जेन्टिनाका मेस्सी। तस्बिर : एपी/रासस
काठमाडौँ- फिफा विश्वकप २०२६ अन्तर्गत गोल्डेन बुटको प्रतिस्पर्धा पनि अन्तिमसम्म रोमाञ्चक हुने देखिएको छ। सात गोल गरेर अर्जेन्टिका नियोनल मेस्सी शीर्ष स्थानमा छन् भने फ्रान्सका एम्बाप्पे ६ गोलसहित दोस्रो स्थानमा छन्।
यसबाहेक नर्वेका एर्लिङ हालान्ड र बेलायतका ह्यारी केनका पाँचपाँच गोल छन्। फ्रान्सका उस्मान डेम्बेले, स्पेनका मिकेल ओयारजाबाल, ब्राजिलका भिनिसियस जुनियर र सेनेगलका इस्माइला सारका नाममा जारी विश्वकपमा चारचार गोल छन्। सेनेगल प्रतियोगिताबाट बाहिरिसकेकाले सार अब प्रतिस्पर्धामा छैनन्।
मेसीले हालसम्म विश्वकपमा गोल्डेन बुट जितेका छैनन्। सन् २०२२ मा उनले सात गोल गरे पनि एम्बाप्पेभन्दा एक गोलले पछि पर्दै दोस्रो भएका थिए भने सन् २०१४ मा चार गोलसहित तेस्रो स्थानमा थिए।
प्रतियोगिता अन्त्यमा सर्वाधिक गोलकर्ताबीच बराबरी भयो भने फिफाले पहिलो टाइब्रेकरका रूपमा असिस्ट र त्यसपछि कम समय खेलेको आधारलाई मान्यता दिनेछ। अहिलेका लागि गोल्डेन बुटको दौडमा मेस्सी शीर्षस्थानमा छन्। अझ महत्त्वपूर्ण कुरा उनी र अर्जेन्टिना दुवै विश्वकप उपाधिको दौडमा अझै कायम छन्।
अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले भने, ‘अब सबैले बुझ्नुपर्छ, विश्वकपमा कुनै पनि प्रतिद्वन्द्वी सजिलो हुँदैन।’
विश्वकपमा मेस्सीको गोल यात्रा जारी छ। तर लगातार दोस्रो पटक विश्वकप जित्ने उनको सपना भने निकै कठिन संघर्षपछि मात्र जीवित रह्यो। अमेरिकाको मियामीमा नेपाली समयअनुसार शनिबार बिहान सँग भएको खेलको २९औँ मिनेटमा मेस्सीले गरेको गोल विश्वकपमा उनको करियरको २०औँ गोल बनेको छ। यससँगै उनले आफ्नै कीर्तिमान अझ फराकिलो बनाउँदै सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा फ्रान्सका एम्बाप्पेभन्दा दुई गोलको अग्रता कायम गरे। उक्त गोलसँगै सुरु भएको रोमाञ्चक खेलमा अर्जेन्टिनाले अतिरिक्त समयमा कमजोर आँकिएको केप भर्डेलाई ३-२ ले हराउँदै अन्तिम १६ मा स्थान सुरक्षित गर्यो।
मेस्सीले खेलपछि केप भर्डेको रक्षापंक्तिको खुलेर प्रशंसा गरेका छन्। ‘हामीले धेरै राम्रो काम गर्यौँ, तर कमजोरीहरू पनि सच्याउनुपर्छ,’ मेस्सीले स्पेनी भाषामा भने।
यस विश्वकपमा मेस्सीले हालसम्म सात गोल गरेका छन्, जुन गोल्डेन बुटको दौडमा एम्बाप्पेभन्दा एक गोल बढी हो। लगातार आठ विश्वकप खेलमा उनले कुल १२ गोल गरिसकेका छन्। अर्जेन्टिनाको सफलताका लागि उनी निर्णायक साबित भइरहेका छन्।
मेस्सीका सहकर्मी रोड्रिगोले भने, ‘उहाँको साथी हुन पाउनु नै मेरो लागि ठूलो सौभाग्य हो। मित्रता जीवनका सबैभन्दा महत्त्वपूर्ण पक्षमध्ये एक हो, र उहाँसँग यस्ता क्षण बाँड्न पाउनु मेरो भाग्य हो।’
सुरुदेखि नै मेस्सीको प्रभाव
खेलको १५औँ मिनेटमा मेस्सीले पहिलो राम्रो अवसर सिर्जना गरेका थिए। उनको बायाँ खुट्टाबाट प्रहार गरिएको बल गोलपोस्टको दायाँतर्फबाट बाहिरिएको थियो। त्यसको तीन मिनेटपछि पाएको करिब २५ यार्डको फ्रिकिक भने केप भर्डेका गोलरक्षक भोजिन्हाले सहजै बचाएका थिए।
तर खेलको लय बिस्तारै अर्जेन्टिनातर्फ मोडियो। डिफेन्डर मार्टिनेजको उत्कृष्ट पासमा अफसाइडबाट जोगिँदै अघि बढेका मेस्सीले बल नियन्त्रण गर्दै नजिकैबाट गोलरक्षकको काँधमाथिबाट उत्कृष्ट प्रहार गरी टोलीलाई १–० को अग्रता दिलाए। यो अन्तर्राष्ट्रिय फुटबलमा उनको १२४औँ गोल थियो। अन्तर्राष्ट्रिय फुटबलमा उनीभन्दा बढी गोल गर्ने खेलाडी क्रिस्टियानो रोनाल्डो (१४६ गोल) मात्र छन्।
केप भर्डेले सजिलै हार मानेन
खेलअघि अर्जेन्टिना अत्यधिक बलियो दाबेदार मानिएको थियो। धेरै सट्टेबाजी संस्थाले विश्व च्याम्पियन अर्जेन्टिनालाई अत्यन्तै शक्तिशाली मानेका थिए। मेस्सीको सुरुआती गोलपछि धेरैले गोलको वर्षा हुने अनुमान गरेका थिए। तर त्यस्तो भएन।
केप भर्डेले दुईपटक बराबरी गोल गर्दै खेललाई १–१ र २–२ को अवस्थामा पुर्यायो। अन्ततः अतिरिक्त समयको दोस्रो हाफमा मेस्सीले प्रहार गरेको कर्नर केही खेलाडीको टाउकोमा लाग्दै गोलमा परिणत भयो, जसले अर्जेन्टिनालाई विजयी बनायो।
‘यो टोलीले धेरैपटक देखाइसकेको छ कि यसले अन्तिमसम्म प्रतिस्पर्धा गर्छ’, मेस्सीले भने, ‘आज पनि हामी अन्तिम क्षणसम्म लड्यौँ।’




