फिफा विश्वकप २०२६

इजिप्ट पहिलो पटक अन्तिम १६ मा, अस्ट्रेलिया बाहिरियो

हिमाल प्रेस २० असार २०८३ ६:०८ | Saturday, July 4, 2026
14
SHARES
इजिप्ट पहिलो पटक अन्तिम १६ मा, अस्ट्रेलिया बाहिरियो

डालसमा भएको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै इजिप्ट अन्तिम १६ मा प्रवेश गरेको हो।

निर्धारित र थप गरिएको समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको थियो।

यसअघिको खेलमा न्युजिल्यान्डलाई हराएर विश्वकपमा आफ्नो पहिलो जित दर्ता गरेको इजिप्टले लगातार दोस्रो एन्टिपोडियन (ओशिनिया क्षेत्रको) टोलीमाथि जित निकाल्न सफल भयो।

खेलको सुरुवातमै अस्ट्रेलियाका क्रिस्टियन भोल्पाटोको प्रहार क्रसबारेमा ठोकिएपछि टोली अग्रता लिनबाट चुकेको थियो। खेलको १३औं मिनेटमा इजिप्टका इमाम आशुरले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए।

करिम हाफेजको क्रसमा हेडमार्फत गोल गर्दै आशुरले जारी विश्वकपमा आफ्नो दोस्रो गोल पूरा गरे।

दोस्रो हाफको सुरुवातमै इजिप्टका ओमार मार्मुशले गोल गर्ने सुनौलो अवसर गुमाए। त्यसलगत्तै खेलको ५५औं मिनेटमा अस्ट्रेलियाले बराबरी गोल फर्कायो।

एडन ओुनिलको फ्री(किकलाई क्लियर गर्ने प्रयासमा इजिप्टका मोहम्मद हानीले आफ्नै पोस्टमा आत्मघाती गोल गर्न पुगेका थिए। जारी प्रतियोगितामा हानीको यो दोस्रो आत्मघाती गोल हो।

खेलको अन्तिम समयमा इजिप्टका कप्तान मोहम्मद सलाहको क्रसमा रामी राबियाले प्रहार गरेको उत्कृष्ट हेडरलाई अस्ट्रेलियाका गोलकिपर प्याट्रिक बीचले उत्कृष्ट बचाउ गरे।

खेल पेनाल्टी सुटआउटतर्फ धकेलिने निश्चित भएपछि अस्ट्रेलियाका प्रशिक्षक टोनी पोपोभिचले रणनीति परिवर्तन गर्दै गोलकिपर बीचको स्थानमा अनुभवी म्याट रायनलाई मैदान पठाएका थिए।

इजिप्टका तर्फबाट कप्तान मोहम्मद सलाहका प्रहारसहित सबै प्रहारलाई गोलमा परिणत गरे। अस्ट्रेलियाका लागि ह्यारी सुट्टार र लुकास हेरिङ्टन पेनाल्टीमा चुकेपछि होसाम अब्देलमागुइदले निर्णायक पेनाल्टी हान्दै इजिप्टको जित सुनिश्चित गरे।

होसाम हसनको प्रशिक्षणमा रहेको इजिप्टको टोली हालसम्म अपराजित यात्रा कायम राख्न सफल भएको छ। अब इजिप्टले जुलाई ७ मा एट्लान्टामा हुने राउन्ड अफ १६ को खेलमा अर्जेन्टिना र केप भर्डे बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित: २० असार २०८३ ६:०८ | Saturday, July 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast