फिफा विश्वकप २०२६

डीआर कंगोलाई हराउँदै अमेरिका ‘अन्तिम १६’ मा, ह्यारी केन ‘गोल्डेन बुट’को दौडमा

हिमाल प्रेस १८ असार २०८३ ६:२६ | Thursday, July 2, 2026
16
SHARES
डीआर कंगोलाई हराउँदै अमेरिका ‘अन्तिम १६’ मा, ह्यारी केन ‘गोल्डेन बुट’को दौडमा

काठमाडौँ- फिफा विश्वकप २०२६ मा डीआर कंगोविरुद्धको खेलमा इंग्ल्यान्डले संघर्षपूर्ण जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।

कप्तान ह्यारी केनले दोस्रो हाफमा गरेको २ गोलसँगै इंग्ल्यान्डले अमेरिका, मेक्सिको र क्यानडामा जारी विश्वकप फुटबलको अन्तिम १६ मा स्थान पक्का गरेको हो।

पहिलो हाफमा भने डीआर कंगोले ब्रायन सिपेंगाको सातौँ मिनेटको गोलमै अग्रता लिएको थियो। दोस्रो हाफमा पनि ७४ मिनेटसम्म सो अग्रता जोगाएको डीआर कंगोले ७५औँ र ८६औँ मिनेटमा गोल खाँदा विश्वकपबाटै बाहिरिनुपर्यो।

यद्यपि खेलमा इंग्ल्यान्ड हावी भएको थियो। ५४ प्रतिशत बल पोसेसन लिएको उसले १६ प्रहार गरे पनि आठवटा मात्र निशानामा थियो।

निर्णायक खेलमा निर्धारित ९० मिनेटभित्रै दुई गोल गर्दा इंग्ल्यान्डले ठूलो हार टार्न पुगेको हो। योसँगै कप्तान केन पनि गोल्डेन बुट दौडमा आएका छन्। उनको समग्रमा ५ गोल छ भने उनीअघि लियोनल मेसी र किलियन एमबाप्पे मात्र छन्। उनीहरुको समान ६ गोल छ।

केन र एर्लिङ हाल्यान्डको ५ गोल र असमन डेम्बेलेको ४ गोल छ। अब इंग्ल्यान्डले जुलाई ६ मा आयोजक मेक्सिकोको सामना गर्नेछ।

प्रकाशित: १८ असार २०८३ ६:२६ | Thursday, July 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast