फिफा विश्वकप २०२६

सडन डेथको हारले बाहिरियो जर्मनी, पाराग्वे अन्तिम १६ मा

हिमाल प्रेस १६ असार २०८३ ६:१८ | Tuesday, June 30, 2026
14
SHARES
सडन डेथको हारले बाहिरियो जर्मनी, पाराग्वे अन्तिम १६ मा

काठमाडौँ- सडन डेथमा जर्मनीलाई हराउँदै पाराग्वेले जारी विश्वकपको अन्तिम १६ मा प्रवेश गरेको छ। मंगलबार बिहान बोस्टन स्टेडिममा भएको खेलमा पाराग्वे पेनाल्टी सुटआउटमा ४–३ ले विजयी भएको हो।

पहिलोपटक युरोपियन टोलीलाई नकआउटमा हराएर पाराग्वेले इतिहास रचेको हो। उता चारपटकको विश्वविजेता जर्मनीको यात्रा भने सुरुवाती ३२ बाटै टुंगिएको छ।

पाराग्वेका लागि जोसे क्यानालेले निर्णायक पेनाल्टी प्रहार गोल गरेका हुन्। निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमको खेल १–१ को बराबरीमा सकिएपछि पेनाल्टी सुटआउटबाट निर्णय गरिएको हो।

जारी विश्वकपमा पेनाल्टीसुटआउटबाट निर्णय गरिएको यो पहिलो खेल बनेको छ। पेनाल्टीसुटआउटमा पाराग्वेका लागि माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोस कालानेले गोल गरे। जर्मनीका लागि कप्तान जोसुअ किम्मिच, जमाल मुसिएला र नादिएम अमेरिकीले गोल गरे।

सुरुवाती पाँच पेनाल्टी प्रहारमा दुवै टिमका गोलकिपरले दुई-दुई प्रहार रोक्दा ३-३ को बराबरी भएको थियो।

त्यसपछि जर्मनीका ताहले छैटौँपटक गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो। यसपछि पाराग्वेका जोसे कानालेले गरेको प्रहार गोलमा परिणत भयो र टोली विजयी भयो।

प्रकाशित: १६ असार २०८३ ६:१८ | Tuesday, June 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast