रास्वपा महाधिवेशनमा सेना परिचालन गरिएको होइन : जिल्ला सुरक्षा समिति

हिमाल प्रेस ७ असार २०८३ १०:१८ | Sunday, June 21, 2026
40
SHARES
रास्वपा महाधिवेशनमा सेना परिचालन गरिएको होइन : जिल्ला सुरक्षा समिति

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनमा सेना परिचालन गरिएको भन्ने समाचारप्रति जिल्ला सुरक्षा समिति, चितवनले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

जिल्ला प्रशासन कार्यालय चितवनद्वारा जारी गरिएको विज्ञप्तिमा राष्ट्रिय पार्टीको यही असार ७, ८ र ९ गते हुने प्रथम राष्ट्रिय महाधिवेशनमा सेना परिचालन गरिएको भनी केही सञ्चारमाध्यम तथा पत्रकारमार्फत सम्प्रेषित समाचार कपोलकल्पित रहेको उल्लेख गरिएको छ।

जिल्ला सुरक्षा समितिले उक्त समाचारप्रति खेद प्रकट गर्दै पूर्ण रूपमा खण्डन गरेको छ। विज्ञप्तिमा समाचारमा कुनै सत्यता नरहेको स्पष्ट पारिएको छ।

समितिका सदस्य सचिव तथा सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा सम्बन्धित सबैलाई यथार्थ जानकारीका लागि आग्रह गरिएको छ।

जिल्ला सुरक्षा समितिले तथ्यहीन र भ्रामक समाचार सम्प्रेषण नगर्न तथा आधिकारिक स्रोतबाट प्राप्त जानकारीलाई मात्र आधार बनाउन सञ्चारकर्मी तथा सरोकारवालाहरूलाई अनुरोध गरेको छ।

प्रकाशित: ७ असार २०८३ १०:१८ | Sunday, June 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast