कान्समा पुरस्कृत भएको अवसरमा फ्रान्सेली दूतावासद्वारमा विशेष कार्यक्रमको आयोजना

हिमाल प्रेस २ असार २०८३ २१:५३ | Tuesday, June 16, 2026
कान्समा पुरस्कृत भएको अवसरमा फ्रान्सेली दूतावासद्वारमा विशेष कार्यक्रमको आयोजना

काठमाडौँ- सन् २०२६ को प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली चलचित्र ‘एलिफेन्ट्स इन द फग’ ले ‘अन सर्टेन रिगार्ड जुरी प्राइज’ जितेको खुसियालीमा नेपालस्थित फ्रान्सेली दूतावासले विशेष समारोहको आयोजना गरेको छ।

नेपाल, फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेको सहउत्पादन रहेको यस चलचित्रलाई इन्स्टिच्युट फ्रान्सेइसले समेत सहयोग गरेको थियो।

चलचित्रको ऐतिहासिक सफलता र यसको निर्माण टोलीको सम्मानमा नेपालका लागि फ्रान्सेली राजदूत भार्जिनी कोर्टेभलले काठमाडौँस्थित दूतवासमा कार्यक्रमको आयोजना गरेका थिए।

समारोहलाई सम्बोधन गर्दै राजदूत कोर्टेभलले कान्स फिल्म फेस्टिभल जस्तो प्रतिष्ठित मञ्चमा मिलेको यो ऐतिहासिक मान्यता नेपालको असाधरण रचनात्मक प्रतिभाको बलियो प्रमाण रहेको बताए।

चलचित्र निर्देशक अविनाश विक्रम शाहले चलचित्र निर्माणमा सहयोग पुर्‍याउने विभिन्न निकाय तथा फ्रान्सेली क्षेत्रीय कोषहरूप्रति आभार प्रकट गरे।

कार्यक्रममा चलचित्रका कालाकार तथा प्राविधिक टोली, काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, विभिन्न सञ्चारमाध्यमका प्रतिनिधि तथा नेपाली चलचित्र क्षेत्रका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

प्रकाशित: २ असार २०८३ २१:५३ | Tuesday, June 16, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast