विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्रका आईजीपी पौडेल

हिमाल प्रेस १ असार २०८३ १३:२३ | Monday, June 15, 2026
16
SHARES
विपद्को अवस्थामा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता : सशस्त्रका आईजीपी पौडेल
काठमाडौँ- सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले विपद्मा नागरिकको सुरक्षा र जीवनको रक्षा नै पहिलो प्राथमिकता राखेर सशस्त्र प्रहरी कर्मचारीहरुलाई कार्यक्षेत्रमा परिचालन हुन निर्देशन दिएका छन्। सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीको २५औँ स्थापना दिवसको अवसरमा महानिरीक्षक पौडेलले सो निर्देशन दिनुकासाथै विपद्को समयमा जनताको सेवा र सुरक्षामा खटिदा सरोकारवाला सबै पक्षहरुसँग आवश्यक समन्वय र सहकार्य जरुरी रहेका समेत बताए।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले विपद् उद्धार कार्यमा सशस्त्र प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि साथै विपद् उद्धार सामाग्री उपलब्ध गराउने कार्यमा गण्डकी प्रदेश सरकारको सहयोगप्रति हार्दिक आभार प्रकट गर्दै गण्डकी प्रदेशका विभिन्न ठाउँहरुमा सशस्त्र प्रहरी बल नेपालका युनिटहरु विस्तार, विपद् व्यवस्थापन वेश स्थापना र रेस्क्यु टावरमा खटिएका टोलीले गरेका कार्यहरु तथा उच्च भू–भाग तथा हिमाली क्षेत्रमा गरेका उद्धारहरु प्रशंसनिय रहेको बताए।
सोही अवसरमा उनले नेपाल भारत तथा नेपाल चीन दुवै अन्तर्राष्ट्रिय सीमा नाकाहरु राष्ट्रिय सुरक्षा, सीमा व्यवस्थापन तथा आर्थिक गतिविधिका दृष्टिले अत्यन्तै महत्वपूर्ण रहेको बताउँदै भन्सार नाकाहरुको संवेदनशिलता, तस्करी नियन्त्रण, सीमा अपराध नियन्त्रण तथा राजश्व चुहावट नियन्त्रणमा समेत थप सजगता र प्रभावकारी व्यवस्थापनका साथ परिचालन हुन समेत जरुरी रहेको बताए।
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले संगठनको नेतृत्व सदैव राष्ट्रसेवक कर्मचारीहरुको हित, कल्याण र बृत्तिविकासमा संवेदनशील र चिन्तलशील रहने उल्लेख गर्दै सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीहरु संगठन विकासको साझा लक्ष्यतर्फ अग्रसर हुन आफ्नो कर्तव्यपथमा दृढ, अनुशासित र अविचलित भई कार्य गर्न समेत निर्देशन दिए।
उनले संगठनप्रतिको निष्ठा, अनुशासन र समर्पणले नै भविष्यका अवसरहरु सिर्जना गर्ने तथा बृत्तिविकासका ढोकाहरु पनि कर्म, क्षमता र योगदानको आधारमा खुल्दै जाने भएको हुँदा सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरु कार्यक्षेत्रमा खटिदा ईमान्दारिता, अनुशासित र लगनशील भई लाग्नुपर्नेमा जोड दिए।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले बाहिनीलाई सहयोग पुर्‍याउने विभिन्न संघसंस्थाका महानुभाव, सशस्त्र प्रहरी कर्मचारीहरु, अमर सशस्त्र प्रहरी कर्मचारीका परिवारजनलाई पुरस्कार, कदरपत्र र प्रमाणपत्र प्रदान गरेका थिए।
प्रकाशित: १ असार २०८३ १३:२३ | Monday, June 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast