‘वाका वाका’ को रेकर्ड तोड्दै शाकिराको ‘दाई दाई’ बन्यो विश्वकपको सर्वकालीन उत्कृष्ट गीत

हिमाल प्रेस ३० जेठ २०८३ ८:३२ | Saturday, June 13, 2026
22
SHARES
‘वाका वाका’ को रेकर्ड तोड्दै शाकिराको ‘दाई दाई’ बन्यो विश्वकपको सर्वकालीन उत्कृष्ट गीत

काठमाडौँ- शाकिराको ‘वाका वाका’ गीतको रेकर्ड तोडिएको छ। शाकिरा र बर्ना ब्वायको ‘दाई दाई’ गीतले ‘वाका वाका’ को रेकर्ड तोड्दै विश्वकप फुटबलको सर्वकालीन उत्कृष्ट गीत घोषित भएको हो।

आफ्ना पाठकमाझ आयोजित सर्वेक्षणमा ३१.२८ प्रतिशत मत पाउँदै ‘दाई दाई’ उत्कृष्ट विश्वकप गीत बनेको बिलबोर्डले उल्लेख छ। शाकिराकै अघिल्लो बहुचर्चित विश्वकप गीत ‘वाका वाकास् दिस टाइम फर अफ्रिका’ भने २६।६४ प्रतिशत मत पाउँदै दोस्रो स्थानमा छ।

सन् १९९० देखि अहिलेसम्म विश्व फुटबल महासंघ (फिफा)ले सार्वजनिक गरेका कुल १० विश्वकपका आधिकारिक गीतमध्ये पाठकले मतदान गरेका थिए। फिफा विश्वकपका आधिकारिक गीतहरूमध्ये यस वर्षको गीतलाई समर्थकले सर्वाधिक रुचाएका छन्।

मे महिनामा संगीतकर्मी शाकिरा र बर्ना बोयले संयुक्तरूपमा सार्वजनिक गरेको फिफा विश्वकप २०२६ को आधिकारिक गीतले अफ्रोबिट्स, डान्सरपप, रेगेटोन र विश्व संगीतको मिश्रण प्रस्तुत गर्दै खेलकुदको एकता र उत्साहको सन्देश दिएको छ।

गीतमा डिएगो म्याराडोना, पाओलो माल्दिनी, रोमारियो, क्रिस्टियानो रोनाल्डो, डेभिड बेकह्याम, काका र लियोनेल मेस्सीजस्ता फुटबलका दिग्गज खेलाडीको पनि उल्लेख गरिएको छ।

यसैबीच सन् १९९८ को फ्रान्स विश्वकपका लागि रिकी मार्टिनले गाएको चर्चित गीत ‘कप अफ लाइफ ९ला कोपा दे ला भिडा०’ झन्डै २५ प्रतिशत मतसहित तेस्रो स्थानमा परेको छ।

विश्वकपको इतिहासकै सबैभन्दा लोकप्रिय गीतमध्ये एक मानिने यस गीतले रिकी मार्टिनको सांगीतिक यात्रामा महत्त्वपूर्ण मोड ल्याएको थियो। उक्त गीत बिलबोर्ड हट १०० मा ६०औँ स्थानसम्म पुगेको थियो भने उत्कृष्ट ल्याटिन पप प्रस्तुति विधामा ग्रामी अवार्डसमेत जितेको थियो।

 

प्रकाशित: ३० जेठ २०८३ ८:३२ | Saturday, June 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast