ट्राफिक कारबाहीबाट २४ घण्टामा १८ लाख ८१ हजार राजस्व संकलन 

हिमाल प्रेस २९ जेठ २०८३ ८:०३ | Friday, June 12, 2026
6
SHARES
ट्राफिक कारबाहीबाट २४ घण्टामा १८ लाख ८१ हजार राजस्व संकलन 

काठमाडौँ- बितेका २४ घण्टामा दुई हजार २२३ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन्।

यसबाट राज्यकोषमा रु १८ लाख ८१ हजार  राजस्व दाखिला भएको छ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादकपदार्थ सेवन गरेका ९४, नियमविपरीत ‘राइड सेयरिङ’ गरेका १५०, संकेत बत्ती उल्लंघनकर्ता १७७ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका ११८ जनालाई कारबाही गरिएको हो। यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ६१, निषेधित क्षेत्रमा हर्न बजाउने १५४, सडक पेटीमा सवारीसाधन ‘पार्किङ’ गर्ने ९८, एकतर्फी सडकमा सवारी चलाउने १२० र अन्य सवारी नियम पालना नगरेका एक हजार २५१ जनालाई कारबाही गरिएको हो।

प्रकाशित: २९ जेठ २०८३ ८:०३ | Friday, June 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast