काठमाडौँ- एसियन गेम्स छनोटको सेमिफाइनलमा ओमानले नेपाललाई ९५ रनको लक्ष्य दिएको छ। सिंगापुर नेस्नल क्रिकेट गाउन्डमा टस जितेर ब्याटिङ गरेको ओमान १९ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोड्न सक्यो। नेपालका लागि करण केसीले ३, सन्दीप लामिछाने र सोमपाल कामीले २–२ विकेट, कुशल मल्ल, सहाव आलम र कप्तान दीपेन्द्र सिंह ऐरीले एकएक विकेट लिए।
ओमानका कप्तान सुफ्यान मोहम्मदले बनाएको ३८ रन नै सर्वाधिक हो। जुबेर अली अकबरले २२ र अब्दुइजाइल खानले १६ रन बनाए। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेन। आजको खेल जितेमा नेपाल फाइनल पुग्ने छ।
प्रकाशित: २४ जेठ २०८३ ८:४६ | Sunday, June 7, 2026
प्रतिक्रिया




