जीप दुर्घटनामा तीन जनाको मृत्यु

हिमाल प्रेस २१ जेठ २०८३ १९:५६ | Thursday, June 4, 2026
12
SHARES
जीप दुर्घटनामा तीन जनाको मृत्यु
काठमाडौँ– रोल्पामा भएको जीप दुर्घटनामा परी तीन जनाको मृत्य भएको छ।
माडी गाउँपालिका–२ घर्तीगाउँ व्याङखोलामा अस्थायी नम्बर प्लेटको एमएच १४ टिसिजे ४७१ नम्बरको जीप दुर्घटना हुँदा दाङका तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा घोराही उपमहानगरपालिका–७ बेसाहीका अन्दाजी २५ वर्षीय जीप चालक वीरबहादुर चौधरी, दङ्गीशरण गाउँपालिका–७ श्रीगाउँ घर भई हाल घोराही उपमहानगरपालिका–१४ बस्ने अन्दाजी ४० वर्षका जिउधन चौधरी र उनकी श्रीमती अन्दाजी ३८ वर्षीया कमला चौधरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार निर्माण सामग्री बोकेको जीप सडकबाट करिब ६०० मिटर तल खसेको थियो। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित: २१ जेठ २०८३ १९:५६ | Thursday, June 4, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast