साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरियो

हिमाल प्रेस २० जेठ २०८३ २१:०३ | Wednesday, June 3, 2026
14
SHARES
साफ च्याम्पियनसिपमा नेपाल सेमिफाइनलबाट बाहिरियो

काठमाडौँ– साफ च्याम्पियपनसिपमा नेपाल दोस्रो पटक सेमिफाइनलबाट बाहिरिएको छ। सन् २०१० देखि सुरु भएको यस प्रतियोगितामा बुधबार नेपाल बंगलादेशसँग पराजित भएको हो।

यसअघि सन् २०१६ मा भएको साफ च्याम्प्यिनसिपको सेमिफाइनलमा नेपाल भारतसँग पराजित भएको थियो।

गोवास्थित पण्डित जवाहारलाल नेरु रंगशालामा भएको पहिलो सेमिफाइनल खेलमा बंगलादेशले नेपाललाई २–१ गोलअन्तरले पराजित गरेको हो।

खेलमा पहिलो अग्रता नेपालले लिएको थियो। नेपालका लागि गीता रानाले खेलको २३ औँ मिनेटमा गोल गरिन्। दीपा शाहीले प्रहार गरेको कर्नर किकमा गीताले डि बक्स एरियाबाट गोल गर्न सफल भएकी हुन्।

नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन। खेलको पहिलो हाफको अतिरिक्त समयमा बंगलादेशले गोल गर्दै खेल बराबरीमा फर्कायो।

बंलादेशका लागि रितु पोर्ना चक्माले गोल गरिन्। त्यसपछि खेलको दोस्रो हाफको अतिरिक्त समयमा बंगलादेशकी सागुरिकाले थप एक गोल गर्दै बंगलादेशको जित सुनिश्चित गरिन्।

प्रकाशित: २० जेठ २०८३ २१:०३ | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast