श्रीलंकालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

हिमाल प्रेस १७ जेठ २०८३ १९:१३ | Sunday, May 31, 2026
16
SHARES
श्रीलंकालाई पराजित गर्दै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

काठमाडौँ– साफ महिला च्यम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलंकालाई पराजित गर्दै समूह विजेताको रुपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

भारतको गोवास्थित पण्डित जवाहारलाल नेहरु रङ्गशालामा आइतबार सम्पन्न समूह चरणको आफनो अन्तिम खेलमा नेपालले श्रीलंकामाथि २–० गोलको जित निकाल्यो। नेपाल समूह ‘बी’को शीर्ष स्थानमा रह्यो।

दुई खेल खेलेको नेपालले शतप्रतिशत नतिजा निकाल्दै ६ अंकाका साथ समूह विजेत बनेको हो। नेपालले समूहचरणको आफनो पहिलो खेलमा भुटानलाई १–० गोलअन्तरले पराजित गरेको थियो।

त्यसैगरी समूह ‘बी’बाट भुटान उपविजेताको रुपमा सेमिफाइनलमा पुगेको छ। भुटानले तीन अंक बटुल्दै प्रतियोगिताको उपविजेता बन्दै सेमिफाइनमा पुगेको हो।

आइतबारको खेलमा नेपालका लागि रस्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले समान एक/एक गोल गरे। रस्मिले खेलको पहिलो हाफमा गोल गरिन भने रेनुकाले खेलको दोस्रो हाफमा गोल थपिन्।

खेलको पहिलो हाफको अतिरिक्त समयमा रस्मिले पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै गोल गरिन्। त्यस्तै खेलको ६०औँ मिनेटमा रेनुकाले गोल गरिन्। उनले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। आजको हारसँगै श्रीलंका प्रतियोगिताबाट बाहिरिएको छ।

प्रकाशित: १७ जेठ २०८३ १९:१३ | Sunday, May 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast