पर्वतमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

हिमाल प्रेस २० जेठ २०८३ २०:३० | Wednesday, June 3, 2026
8
SHARES
पर्वतमा ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

पोखरा– पोखरा–बागलुङ सडक खण्डअन्तर्गत पर्वतको कुश्मा नगरपालिका–२ अर्मादी घुम्तीमा बुधबार ट्रक र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

पोखराबाट मुस्ताङतर्फ जाँदै गरेको ग १ क २९२९ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको ध २ प ३८०५ नम्बरको मोटरसाइकल दिउँसो पौने ४ बजे आपसमा ठोक्किएका हुन्।

दुर्घटनामा मोटरसाइकल चालक पर्वतको जलजला गाउँपालिका–९, बनौ निवासी ४० वर्षीय हिरा गर्बुजा र पछाडि सवार कुस्मा नगरपालिका वडा १, मालढुंगा निवासी ३५ वर्षीय सुजन भण्डारी गम्भीर घाइते भएका थिए।

दुवैलाई प्रदेश अस्पताल कुश्मा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको अस्पतालका सूचना अधिकारी प्रकाश शर्माले जनाए।

ट्रक चालक तनहुँको भिमाद नगरपालिका–२ निवासी ३५ वर्षीय मनोज थापालाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जनाएको छ।

प्रकाशित: २० जेठ २०८३ २०:३० | Wednesday, June 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast