‘१५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन प्रतिबद्ध छौँ’

हिमाल प्रेस १८ जेठ २०८३ २०:१३ | Monday, June 1, 2026
24
SHARES
‘१५ औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउन प्रतिबद्ध छौँ’ फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले १५ औँ महाधिवेशनलाई सम्पूर्ण एकताको महाधिवेशनका रूपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताएका छन्।

खड्काले सोमबार विज्ञप्ति निकालेर यस्तो बताएका हुन्।

उनले पार्टीको १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता नवीकरण र वितरणको अधिकांशक काम २०८२ पुस १० गतेसम्म सकिएको जनाएका छन्। त्योबेला नवीकरण गर्न छुटेका एवं नयाँ लिन चाहनेको क्रियाशील वितरण तथा नवीकरण गरिने उनको भनाइ छ।

१५ औँ महाधिवेशनका लागि गत वर्ष पुस १० गतेसम्म टुंगिसकेका र त्यसपछि नवीकरण तथा नयाँ वितरण भएका क्रियाशील सदस्यतालाई नै कायम गरी महाधिवेशनमा सहभागिताको सुनिश्चितता गराउने विषयमा दृढ एवं प्रतिबद्ध रहेको खड्काले बताएका छन्।

प्रकाशित: १८ जेठ २०८३ २०:१३ | Monday, June 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast