भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य

हिमाल प्रेस ११ जेठ २०८३ २०:२२ | Monday, May 25, 2026
30
SHARES
भारतमा फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य

काठमाडौँ- भारतमा फेरि पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ। सोमबार पेट्रोल र डिजेलको मूल्यमा वृद्धि भएको हो। भारतमा विगतमा दुई सातामा पेट्रोल र डिजेलको मूल्यमा यो चौथो वृद्धि हो।

सोमबार पेट्रोल प्रतिलिटर २.६१ र डिजेल प्रतिलिटर २.७१ भारतीय रूपैयाँले वृद्धि भएको त्यहाँका सञ्चारमाध्यमहरूले जनाएका छन्।

यो वृद्धिसँगै भारतको राजधानी नयाँ दिल्लीमा पेट्रोलको मूल्य प्रतिलिटर १०२.१२ र डिजेल प्रतिलिटर ९५.२० रुपैयाँ पगेको छ।

पेट्रोलियम पदार्थमा भारतमा निरन्तर भइरहेको मूल्य वृद्धिप्रति विपक्षी दलहरूले विरोध जनाएका छन्।

प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता राहुल गान्धीले आफूले पहिले नै आर्थिक आँधीको कुरा गरे पनि ‘प्रधानमन्त्री नरेन्द्र मोदी चुनावमा व्यस्त’ रहेको बताएा छन्।

गान्धीले सामाजिक सञ्जाल एक्समा लेखेका छन्,‘महँगी मानव मोदीको फेरि हमला। पेट्रोल–डिजेलको मूल्य किस्ता–किस्तामा बढाउँछन्, किनभने सुटुक्क तपाईँको खल्ती काटिइरहोस्।’

उनले चुनाव सकिनेबित्तिकै सरकारले पेट्रोल–डिजेल ८ रुपैयाँ महँगो बनाएको उल्लेख गरेका छन्। गान्धीले आगामी दिनमा पनि मूल्य बढ्दै जाने दाबी गरे।

प्रधानमन्त्री मोदीले चुनावमा आश्वासन दिने र बाँकी समय जनताको खल्तीमा प्रहार गर्ने गरेको कांग्रेस नेता गान्धीको भनाइ छ।

त्यस्तै आम आदमी पार्टीका संयोजक तथा दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालले विगत दुई सातामा पेट्रोल–डिजेलको मूल्य सातदेखि आठ रुपैयाँसम्म बढाइएको बताएका छन्।

रुस र इरान सस्तो मूल्यमा पर्याप्त मात्रमा तेल र ग्यास दिन तयार रहे पनि सरकारले त्यहाँबाट खरिद नगरेको उनले जिकिर गरेका छन्।

केजरीवालले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज फेरि पेट्रोल–डिजेलको मूल्य बढाइयो। विगत १४–१५ दिनमा यसको मूल्य साढे सातदेखि आठ रुपैयाँसम्म बढिसकेको छ। रुस र इरान हामीलाई सस्तो र पर्या मात्रामा तेल र ग्यास दिन तयार छन्। त्यसो भए हामी उनीहरूबाट किन खरिद गरिरहेका छैनौँ? प्रधानमन्त्रीको त्यस्तो के बाध्यता छ र उनीहरूबाट तेल र ग्यास खरिद गरिरहनु भएको छैन।’

प्रकाशित: ११ जेठ २०८३ २०:२२ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast