बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

हिमाल प्रेस ११ जेठ २०८३ ८:२९ | Monday, May 25, 2026
4
SHARES
बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि

बागमती-  बागमती प्रदेशसभाको वर्षे अधिवेशन आजदेखि सुरु हुँदैछ । आज दिउँसो १ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा मुख्यमन्त्रीसहित प्रदेशमा प्रतिनिधित्व गर्ने सबै दलका संसदीय दलका नेताहरूले आफ्ना धारणा राख्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रामकुमार पौडेलले जानकारी दिए।

बागमती प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले संविधानको धारा १८३ को उपदफा १ बमोजिम प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गरेको हो। वर्षे अधिवेशन आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम र बजेटमा केन्द्रित रहने छ ।

प्रकाशित: ११ जेठ २०८३ ८:२९ | Monday, May 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast