चमसुरको साग १२०, मेथीको साग १२० र हरियो प्याज प्रतिकिलो १२० रुपैयाँ कायम

हिमाल प्रेस ८ जेठ २०८३ ९:२३ | Friday, May 22, 2026
4
SHARES
चमसुरको साग १२०, मेथीको साग १२० र हरियो प्याज प्रतिकिलो १२० रुपैयाँ कायम

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि हरियो सागपात तथा तरकारीको अधिकतम थोक मूल्य निर्धारण गरेको छ।

समितिका अनुसार रायोसाग प्रतिकिलो रु ८०, पालुङ्गो रु १२०, तोरीसाग रु ४०, चमसुरको साग रु १२०, मेथीको साग रु १२० र हरियो प्याज प्रतिकिलो रु १२० कायम गरिएको छ।

त्यसैगरी काउली स्थानीय रु ५०, बन्दा रु ४०, ब्रोकाउली रु १००, भन्टा (लाम्चो तथा डल्लो) रु ४५–४५, लौका रु ५०, परवर रु ४५–५०, चिचिन्डो रु ३५, घिरौँला रु ५०, भिन्डी रु ३५ र पिँडालु रु ५० निर्धारण गरिएको छ।

कालीमाली बजारले नियमित आपूर्ति र बजार स्थिरताका लागि दैनिक आधारमा मूल्य समायोजन गर्दै आएको जनाएको छ।

प्रकाशित: ८ जेठ २०८३ ९:२३ | Friday, May 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast