संसद् भवन अगाडि यथाशीघ्र जेनजी सहिदहरूको सालिक निर्माण गर्न माग

हिमाल प्रेस ६ जेठ २०८३ १२:५१ | Wednesday, May 20, 2026
6
SHARES
संसद् भवन अगाडि यथाशीघ्र जेनजी सहिदहरूको सालिक निर्माण गर्न माग

काठमाडौँ- सांसद रचना खतिवडा खत्रीले संसद् भवन अगाडि यथाशीघ्र जेनजी सहिदको सालिक निर्माण गर्न माग गरेकी छन् । रास्वपाकी सांसद खतिवडाले प्रतिनिधिसभा बैठकमा बोल्दै यथाशीघ्र सालिक निर्माण गरेर न्याय दिन माग गरेकी हुन् ।

सम्मान मात्रै गरेर नहुने भन्दै उनले व्यवहारिक रुपमा पनि न्याय दिलाउन माग गरिन् । ‘संसद भवन अगाडी शहीदको सालिक निर्माण यथीघ्र गरियोस’, उनले भनिन्, ‘सम्मान मात्रै होइन व्यवहारिक रुपमा पनि न्याया दिइयोस ।’

यस्तै, उनले आफ्नै सरकारलाई प्रश्न गर्न पाउने कि नपाउने भन्दै प्रश्न गरिन् । ‘सरकारलाई के प्रश्न सोध्न नपाउने हो रु डाडु पन्यू तेरो हातमा हुन्छ । सरकार तेरो हातमा छ भनेर रोइलो चलिराखेको छ । कसलाई सोधेको? कसलाई सुनाएको हो भनिन्छ’, उनले प्रश्न गरिन्, ‘यदि सरकार हाम्रो छ भने मैले प्रश्न सोध्न पाउने कि नपाउने?’

सांसद खतिवडा जेनजी शहीद रसिककी आमा हुन् ।

प्रकाशित: ६ जेठ २०८३ १२:५१ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast