आईपीएल : सूर्यवंशीको विष्फोटक ब्याटिङले राजस्थानको सानदार जित

हिमाल प्रेस ६ जेठ २०८३ ६:४९ | Wednesday, May 20, 2026
4
SHARES
आईपीएल : सूर्यवंशीको विष्फोटक ब्याटिङले राजस्थानको सानदार जित

काठमाडौँ- वैभव सूर्यवंशीको विष्फोटक इनिङ्सको मद्दतले राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जाइन्ट्समाथि ७ विकेटको सानदार जित दर्ता गरेको छ ।

जयपुरमा मंगलबार राति सम्पन्न खेलमा लखनऊले दिएको २ सय २१ रनको विशाल लक्ष्य राजस्थानले १९.१ ओभरमा मात्र ३ विकेट गुमाएर पूरा गरेको हो । राजस्थानको जितमा नायक बनेका सूर्यवंशीले मात्र ३८ बलमा ९३ रनको विष्फोटक इनिङ्स खेले । उनी खेलको ‘प्लेयर अफ दि म्याच’ बने ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको लखनऊ सुपर जाइन्ट्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय २० रनको बलियो योगफल खडा गरेको थियो । तर, राजस्थानका ब्याट्सम्यानको उत्कृष्ट प्रदर्शनका सामु लखनउको त्यो योगफल पर्याप्त हुन सकेन । यो जितसँगै राजस्थान १४ अंकसहित तालिकाको चौथो स्थानमा मजबुत बनेको छ भने पराजित लखनऊ पुछारमा छ ।

प्रकाशित: ६ जेठ २०८३ ६:४९ | Wednesday, May 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast