काठमाडौँ- आईसीसी विश्वकप लिग २ अन्तर्गत स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको स्कटल्यान्डले ४० ओभरमा सबै विकेट गुमाएर १९४ रन बनायो। नेपालका लागि ललित राजवंशीले ४, सन्दीप लामिछानेले ३, नन्दन यादव, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान १–१ विकेट लिए।
स्कटल्यान्डका लागि ब्रान्डम म्याकमुलनले ७३ रनको आक्रामक इनिङ खेल। माइकल इंग्लिसले ५१ रनको अर्धशतकीय इनिङ खेल्दा जर्ज मुन्सीले २१, मार्क वाटले २० र कप्तान रिची बेरिङटनले १२ रन थपे। अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन। अबको केहीबेरमा नेपाल ब्याटिङमा आउने छ।
प्रकाशित: ४ जेठ २०८३ १२:२१ | Monday, May 18, 2026
प्रतिक्रिया




