आईपीएल : राजस्थानमाथिको जितले दिल्लीको प्लेअफ सम्भावना कायमै

हिमाल प्रेस ४ जेठ २०८३ ९:०१ | Monday, May 18, 2026
4
SHARES
आईपीएल : राजस्थानमाथिको जितले दिल्लीको प्लेअफ सम्भावना कायमै

काठमाडौँ- राजस्थान रोयाल्सविरुद्ध पाँच विकेटको जित निकाल्दै दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा प्लेअफ सम्भावना कायमै राखेको छ। आइतबार अरुण जेट्ली रंगशालामा राजस्थानले प्रस्तुत गरेको १९४ रनको लक्ष्य घरेलु टोली दिल्लीले चार बल बाँकी रहँदा पाँच विकेट गुमाएर पूरा गर्‍यो ।

दिल्लीका केएल राहुलले सर्वाधिक ५६ रनको इनिङ खेले । उनले ४२ बलमा तीन छक्का र एक चौका प्रहार गरे । अभिषेक पोरेलले ५१ रन जोडे । उनले ३१ बलमा सात चौका र एक छक्का प्रहार गरे । कप्तान अक्षर पटेल ३४ र अभिषेक शर्मा १८ रनमा अविजित रहे ।

पहिलो विकेटका लागि मार्श र पोरेलबीच १०५ रनको शतकीय साझेदारी भएको थियो । राजस्थानका जोफ्रा आर्चर र ब्रिजेश शर्माले समान दुई तथा दसुन शनकाले एक विकेट लिए। त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९३ रनको योगफल खडा गरेको थियो ।

राजस्थानका ध्रुव जुरेलले सर्वाधिक ५३ रनको इनिङ खेले । उनले ४० बलमा पाँच चौका र दुई छक्का प्रहार गरे। कप्तान रियान परागले ५१ रनको योगदान गरे । उनले २६ बलमा पाँच छक्का र तीन चौका प्रहार गरे । वैभव सूर्यवंशीले ४६ र यशस्वी जैसवालले १८ रन जोडे । जुरेलले तेस्रो विकेटका लागि परागसँग ७२ र दोस्रो विकेटका लागि सूर्यवंशीसँग ७० रनको साझेदारी गरेका थिए।

दिल्लीका लागि मिचेल स्टार्कले सर्वाधिक चार विकेट लिए । चार ओभर बलिङ गरे । लुंगी एंगिडी र माधव तिवारीले समान दुई विकेट हात पारे। यो जितसँगै १३ खेलमा १२ अंक जोडेको दिल्ली सातौँ स्थानमा छ । पराजित राजस्थान पनि समान खेलबाट १२ अंकका साथ छैटौँ स्थानमा छ ।

प्रकाशित: ४ जेठ २०८३ ९:०१ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast