कास्की जिल्ला बार एसोसिएसनमा आले अध्यक्ष

हिमाल प्रेस ४ जेठ २०८३ ७:४४ | Monday, May 18, 2026
8
SHARES
कास्की जिल्ला बार एसोसिएसनमा आले अध्यक्ष

पोखरा- कास्की जिल्ला अदालत बार एसोसिएसनको आगामी नेतृत्वमा डिएलए र पिपिएलएको संयुक्त गठबन्धनबाट गणेशबहादुर आले अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार भएको निर्वाचनमा अध्यक्षका प्रत्यासी पुष्पराज दाहाललाई फराकिलो मतान्तरले पराजित गर्दै आगामी २ वर्षे कार्यकालका लागि आलेको प्यानल नै निर्वाचित भएको हो । उनले कुल खसेको ८३ मतमध्ये ६० मत प्राप्त गरेका थिए भने दाहालको पक्षमा मात्र १९ मत परेको थियो । कुल ९३ सदस्यमध्ये मतदान प्रक्रियामा ८३ जनाले भाग लिएकामा ४ मत बदर भएको अधिवक्ता विष्णुप्रसाद अधिकारीले जानकारी दिए ।

डिएलए र पिपिएलएको संयुक्त गठबन्धनबाट उपाध्यक्षमा यामप्रसाद पौडेल, सचिवमा भूपराज पोखरेल, सहसचिवमा अञ्जना बराल सुवेदी र कोषाध्यक्षमा सुष्मा ओझा निर्वाचित भएका हुन् । तीमध्ये सहसचिव अञ्जना निर्विरोध भएकी हुन्।

सदस्यमा पल्लवी न्यौपाने, सुमित्रा पराजुली, प्रदीपकुमार राना, प्रदीप अधिकारी, संगीता काफ्ले, चित्रबहादुर सुनार, गोविन्दप्रसाद वाग्ले र बुद्धिप्रसाद सुवेदी निर्वाचित भए ।

अध्यक्षमा निर्वाचितपछि आलेले आगामी दिनमा पेसागत हकहितसहित बार र बेञ्चबीच न्याय निरुपणका लागि समन्वयकारी भूमिका रहने प्रतिबद्धता व्यक्त गरे। उनले भने, नयाँ कानुन व्यवसायीहरुलाई पनि मोटिभेट गर्नेछौं । कोही कानुन व्यवसायी भ्रष्टाचार तथा अनियमितामा मुछिएको पाइएमा त्यसको विरुद्धमा पनि हामी लाग्छौं ।

प्रकाशित: ४ जेठ २०८३ ७:४४ | Monday, May 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast