संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थाल्यो : मोहनविक्रम सिंह

हिमाल प्रेस २७ वैशाख २०८३ ६:३८ | Sunday, May 10, 2026
14
SHARES
संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थाल्यो : मोहनविक्रम सिंह

काठमाडौँ- नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहले संविधान संशोधन शासक वर्गको स्वार्थ अनुकूल हुन थालेको टिप्पणी गरेका छन्। काठमाडौँमा आयोजित संविधान संशोधन बहस कार्यक्रममा बोल्दै उनले संविधान संशोधन राष्ट्रिय आवश्यकताभन्दा पनि शासक वर्गको निहित स्वार्थ र सत्ता टिकाइराख्ने दाउपेचबाट प्रेरित रहेको आरोप लगाए।

महामन्त्री सिंहले देशको ऐतिहासिक आवश्यकता र जनताको हितका लागि संविधान संशोधन हुनुपर्नेमा जोड दिँदै अहिलेको सरकारले फासिस्ट स्वरूपलाई संस्थागत गर्न संशोधनको बाटो रोजेको दावी गरे।संविधान संशोधन नेपालको आन्तरिक विषय भए पनि यस प्रक्रियामा विदेशी शक्तिहरूको चलखेल देखिनु अवाञ्छित र गम्भीर रहेको उनको ठहर छ।

नेपालको आन्तरिक मामिलामा हुने वैदेशिक हस्तक्षेपले मुलुकको सार्वभौमिकतामाथि प्रश्न उठाएको सिंहले उल्लेख गरे। करिब एक शताब्दी लामो सङ्घर्ष, त्याग र बलिदानबाट प्राप्त भएका ऐतिहासिक उपलब्धिहरूलाई समाप्त पार्ने षड्यन्त्र भइरहेको भन्दै उनले चिन्ता व्यक्त गरे।

 

प्रकाशित: २७ वैशाख २०८३ ६:३८ | Sunday, May 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

8 − four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast