१०औँ पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, को-को परे?

हिमाल प्रेस २४ वैशाख २०८३ १६:२३ | Thursday, May 7, 2026
12
SHARES
१०औँ पोखरा स्पोर्टस् अवार्डको मनोनयन सार्वजनिक, को-को परे?

पोखरा- १० औं पोखरा स्पोर्टस् अवार्डका लागि उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ। बिहीबार नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरामा पत्रकार सम्मेलन गरी विभिन्न ९ मध्ये ४ विधामा उत्कृष्ट ३ को मनोनयन सार्वजनिक गरेको हो।

पुरुषतर्फ वर्ष खेलाडीमा विज्ञान टि. खत्री (जुडो), प्रदीप खड्का (टेनिस) र सञ्जुविक्रम शाह (भलिबल) खेलाडी मनोनयनमा परेका छन्। सुरुमा उदीयमान खेलाडीको मनोनयनमै परेका प्रदीपले वर्ष खेलाडीमा पटक–पटक अवार्ड जितेका छन्।

यसै गरी, महिलातर्फ वर्ष खेलाडीमा मोनिका राना (आर्चरी, नारायणी भण्डारी (एथ्लेटिक्स) र मनीषा तामाङ (जुडो) पर्न सफल भए। उदीयमान खेलाडीतर्फ अनुष्का अधिकारी (एथ्लेटिक्स), सचिन सुनार (तेक्वान्दो) र निभा राई (ब्याडमिन्टन) परेका छन्।

वर्ष उत्कृष्ट प्रशिक्षकमा टेनिसका कुमार अधिकारी, तेक्वान्दोकी रेखमाया गुरुङ र एथ्लेटिक्सका सिद्धान्त अधिकारी पर्न सफल भए। खेलाडी छनोट समितिले वर्ष २०८२ मा उत्कृट खेल प्रदर्शन आधारमा उनीहरुको छनोट गरेको आयोजकको दाबी छ।

यसअघि सार्वजनिक पिपल च्वाइस अवार्डमा उत्कृष्ट ५ भित्र फुटबलका दीप कार्की, एथलेटिक्सकी नारायणी भण्डारी, भलिबलका राजन दर्लामी, क्रिकेटका विपीन खत्री र मुवाथाई/आईटीएफ तेक्वान्दोकी सुस्मिता थापा परेका छन्।

यही ३१ वैशाखमा पोखरामा हुने अवार्ड समारोहमा तीमध्ये १ जनालाई अवार्ड प्रदान गरिनेछ। पुरुष र महिला वर्ष खेलाडीसहित उदीयमान र प्रशिक्षक विधामा मनोनयनमा परेकामध्ये एक जनालाई छनोट समितिले निर्णय गर्नेछ भने पिपल च्वाइसमा भने भोटिङका आधारमा निर्णय हुनेछ। वर्ष खेलाडी तथा पिपल च्वाइसमा पर्नेलाई स्कुटर प्रदान गरिने आयोजकको छ।

हिमश्री फुड्सको उत्पादन रारा चाउचाउको टाइटल स्पोन्सरमा भएको अवार्ड समारोहमा लाइफटाइम अचिभमेन्ट अवार्ड, स्पेसल अवार्ड, उत्कृष्ट खेल संस्था अवार्ड र वर्ष उत्कृष्ट पत्रकार अवार्डसमेत वितरण हुने मञ्च अध्यक्ष एमबी आस्थाले जनाए।

प्रकाशित: २४ वैशाख २०८३ १६:२३ | Thursday, May 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast