नेपाल चिकित्सक संघको अध्यक्षमा डा. रिजाल

हिमाल प्रेस २२ वैशाख २०८३ १९:४४ | Tuesday, May 5, 2026
24
SHARES
नेपाल चिकित्सक संघको अध्यक्षमा डा. रिजाल

काठमाडौँ- नेपाल चिकित्सक संघमा डा. बद्री रिजालको नेतृत्वमा १९ सदस्यीय नयाँ कार्यकारणी समिति चयन भएको छ।

आज (मंगलबार) सम्पन्न भएको मतगणनामा उनले नेतृत्वमा नयाँ कार्यकारणी समिति चयन गरिएको प्रमुख निर्वाचन अधिकृत डा. प्रणयरत्न शाक्यले जानकारी दिए। डा. रिजाल तीन हजार १९६ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटत प्रतिद्वन्द्वी डा. मंगल रावलले दुई हजार ९४० मत प्राप्त गरेका थिए।

वरिष्ठ उपाध्यक्षमा डा. सञ्जीव तिवारी र महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन्। यस्तै उपाध्यक्षतर्फ कोशीबाट डा. रोशन खड्का, मधेशबाट डा. अमितरञ्जन मिश्र, बागमतीबाट डा. सुवास भट्टराई, गण्डकीबाट डा यज्ञराज सिग्देल, लुम्बिनीबाट डा. नन्दाकुमारी गुरुङ, कर्णालीबाट डा. रविन खड्का र सुदूरपश्चिमबाट डा. प्रमोद जोशी विजयी भएका छन्।

कोषाध्यक्षमा डा संयुक्त आचार्य, सहसचिव डा. हुलास अग्रवाल र सहकोषाध्यक्षमा डा. तेजसुसिंह मल्ल विजयी भएका छन्। सदस्यहरूमा डा. अमित झा, डा. राकेश शाह, डा. पल्पसा श्रेष्ठ, डा. विना श्रेष्ठ, डा. सुस्मित काफ्ले र डा. शेषराज आचार्य विजयी भएका छन्। संघको उपत्यकाबाहिर वैशाख ४ र ५ गते तथा उपत्यकामा वैशाख १८ र १९ गते निर्वाचन सम्पन्न भएको थियो।

निर्वाचनमा कुल १६ हजार एक सय मतमध्ये सात हजार १०२ मत खसेको थियो।

प्रकाशित: २२ वैशाख २०८३ १९:४४ | Tuesday, May 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast