दुई महिनापछि ढोरपाटनमा दादुरा संक्रमण रोकथाम

हिमाल प्रेस ९ वैशाख २०८३ ९:३८ | Wednesday, April 22, 2026
12
SHARES
दुई महिनापछि ढोरपाटनमा दादुरा संक्रमण रोकथाम

बागलुङ- गत फागुन ८ गते ढोरपाटन नगरपालिका–७, ८ र ९ मा फैलिएको दादुरा संक्रमण नियन्त्रणमा आउन थालेको छ ।

विश्व स्वास्थ्य संगठन, प्रदेश जनस्वास्थ्य कार्यालय र स्थानीय तहका स्वास्थ्यकर्मीको टोलीले संक्रमण नियन्त्रणका लागि प्रभावित क्षेत्रमा पुगेर अध्ययन गरी खोप अभियान चलाएको थियो । फागुन २९ देखि चैत २ गतेसम्म यस क्षेत्रका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएपछि संक्रमण नियन्त्रणम आउन थालेको हो ।

खोप लगाउनुपूर्व दैनिक १० देखि १५ जना दादुराका शंकास्पद बिरामी अस्पतालमा आउने गरेका थिए । पछिल्लो आठ दिनपछि मंगलबार निसीखोला गाउँपालिकाको एकजना शंकास्पद बिरामी बुर्तिबाङ अस्पतालमा भर्ना भएको प्रदेश जनस्वास्थ्य कार्यालयका प्रमुख प्रवीण शर्माले जानकारी दिए । हालसम्म २३९ जना शंकास्पद बिरामी परेका थिए । ३४ जना शंकास्पद बिरामीको नमुना परीक्षणका लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएकामा १४ जनामा दादुरा संक्रमण पुष्टि भएको प्रमुख शर्माको भनाइ छ ।

हालसम्म ६ हजार १४० जना १० देखि १९ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई खोप लगाएको प्रदेश जनस्वास्थ्य कार्यालयका खोप सुपरभाइजर राजु खत्रीले जानकारी दिए । हालसम्म एकजनाबाहेक सबै शंकास्पद बिरामी निको भइसकेको उनले बताए । रासस

प्रकाशित: ९ वैशाख २०८३ ९:३८ | Wednesday, April 22, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast