२४ घण्टामा साढे तीनभन्दा चालक ट्राफिक कारबाहीमा

हिमाल प्रेस ८ वैशाख २०८३ १२:४२ | Tuesday, April 21, 2026
8
SHARES
२४ घण्टामा साढे तीनभन्दा चालक ट्राफिक कारबाहीमा

काठमाडौँ- ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टा अवधिमा काठमाडौं उपत्यकामा तीन हजार ५०१ जना चालकलाई कारबाही गरेको छ । मंगलबार बिहानसम्म मादक पदार्थ (मापसे)मा ७७, अवस्था ठीक नभएका ६९, रातो बत्तीमा १५८, तीव्र गति ८९, लेनमा १७२, ढोका खुल्ला ५७, नो हर्न ७७, ओराल्ने र चढाउनेमा ५५, अन्यमा दुई हजार ७४७ गरी तीन हजार ५०१ जना सवारी चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

उनले भने, ‘विभिन्न गल्तीका पछिल्लो २४ घण्टे कारबाही संख्या तीन हजार ५०१ जना छन् । कारबाहीबाट २५ लाख १५ हजार राजस्व उठेको छ ।’ रासस

 

प्रकाशित: ८ वैशाख २०८३ १२:४२ | Tuesday, April 21, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + ten =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast