आज यस्तो छ च्याउ र सागको मूल्य

हिमाल प्रेस ४ वैशाख २०८३ ७:४७ | Friday, April 17, 2026
8
SHARES
आज यस्तो छ च्याउ र सागको मूल्य

काठमाडौँ- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ।

आज हरियो तरकारीको मूल्यमा मिश्रित अवस्था देखिएको छ। केही सागसब्जी महँगो हुँदा केहीको मूल्य सामान्य रहेको छ।

रायोसाग प्रतिकिलो रु ६०, पालुङ्गो प्रतिकिलो रु १००, तोरीसाग प्रतिकिलो रु ४० र मेथी प्रतिकिलो रु १२० कायम भएको छ। हरियो प्याज प्रतिकिलो रु ८० र बकुला प्रतिकिलो रु ५० तोकिएको छ।

त्यसैगरी, च्याउतर्फ कन्य च्याउ प्रतिकिलो रु १८०, डल्ले च्याउ प्रतिकिलो रु ४००, राजा च्याउ प्रतिकिलो रु ३०० र सिताके च्याउ प्रतिकिलो रु १,००० कायम गरिएको छ।

प्रकाशित: ४ वैशाख २०८३ ७:४७ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast