कृषिमन्त्रीको सम्पत्ति विवरण : ५ तोला सुन, १०० तोला चाँदी, दुई बाख्रा र १० कुखुरा

हिमाल प्रेस ३० चैत २०८२ १०:४० | Monday, April 13, 2026
18
SHARES
कृषिमन्त्रीको सम्पत्ति विवरण : ५ तोला सुन, १०० तोला चाँदी, दुई बाख्रा र १० कुखुरा

काठमाडौँ- कृषि, पशुपन्छी तथा वन तथा वातावरण मन्त्री गीता चौधरीले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार सार्वजनिक गरेको विवरणअनुसार उनीसँग नगद, सुनचाँदी, सेयरका साथै माइतीबाट पाएका दुई वटा बाख्रा र १० वटा कुखुरासमेत रहेको देखिएको छ ।

मन्त्री चौधरीसँग ५० हजार रुपैयाँको घडी, ९० हजारको मोबाइल र ७५ हजार रुपैयाँको ल्यापटप रहेको विवरणमा उल्लेख गरिएको छ । त्यसैगरी, उनीसँग ५ तोला सुन र १०० तोला चाँदी रहेको विवरणमा उल्लेख छ । विभिन्न ५ वटा बैंकमा गरी उनको कुल १ लाख २६ हजार रुपैयाँ बचत रहेको छ ।

विवरणअनुसार, मन्त्री चौधरीले स्वआर्जनबाट ३ लाख ३० हजार रुपैयाँमा एउटा स्कुटर खरिद गरेकी छन् भने अर्को स्कुटर खरिदका लागि लिएको १ लाख ५० हजार ऋणमध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको देखिन्छ । साथै, उनको नाममा २ लाख ५० हजार कित्ता सेयर पनि रहेको छ।

मन्त्री चौधरीको सम्पत्तिको सबैभन्दा रोचक विवरणमा उनले माइतीबाट प्राप्त गरेका २ वटा बाख्रा र १० वटा कुखुरा पनि समावेश छन्, जसलाई उनले सम्पत्तिको रूपमा विवरणमा उल्लेख गरेकी छन् ।

 

प्रकाशित: ३० चैत २०८२ १०:४० | Monday, April 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast