आज उपसभामुख हुँदै गरेकी रुबीलाई हर्क साम्पाङले बधाई नदिने, तिमी सम्बोधन गर्दै दिए सुझाव

हिमाल प्रेस २७ चैत २०८२ ६:४७ | Friday, April 10, 2026
52
SHARES
आज उपसभामुख हुँदै गरेकी रुबीलाई हर्क साम्पाङले बधाई नदिने, तिमी सम्बोधन गर्दै दिए सुझाव

काठमाडौँ- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समर्थनमा संघीय संसद्को उपसभामुख बन्न लागेकी श्रम संस्कृति पार्टीकी सांसद रुबी ठाकुरलाई उनकै पार्टी अध्यक्ष हर्क साम्पाङले बधाई नदिने बताएका छन्।

पुल बनाउने भन्दै हाल दार्चुला रहेका साम्पाङले सामाजिक सञ्जालमार्फ भने,‘बधाई दिनेछैन म तिमीलाई किनकि असल काम गरेर देखाएपछि मात्रै म बधाइ दिने गर्छु! कार्यकाल भरि पार्टीकी रहनेछैनौं अब! तिमी पूरै देशकी बन्नेछौं! आफ्नो जन्मदातालाई कहिल्यै नभुल्नु! जरालाई बिर्सने वृक्ष सुकेर जानेछ। अल द बेस्ट नानी!’

आज उपसभामुख पदको निर्वाचन हुँदैछ। यस पदमा बिहीबार दुई जनाको उम्मेदवारी दर्ता भएको छ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले भने सरस्वती लामालाई उपसभामुखको उम्मेदवार बनाएको छ।

संसद्को सभामुखमा भने रास्वपाबाटै डोलप्रसाद अर्याल यसअघि नै निर्वाचित भइसकेका छन्। संवैधानिक व्यवस्था अनुसार फरक पार्टी र फरक लिंगको उपसभामुख हुनुपर्नेछ।

प्रकाशित: २७ चैत २०८२ ६:४७ | Friday, April 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast