टाइम फर्मास्युटिकल्सको आईपीओ निकाल्ने तयारी

हिमाल प्रेस २५ चैत २०८२ १८:५० | Wednesday, April 8, 2026
4
SHARES
टाइम फर्मास्युटिकल्सको आईपीओ निकाल्ने तयारी

काठमाडौँ- नवलपरासीको गौँडाकोटस्थित टाइम फर्मास्युटिकल्स लिमिटेडले साधारण सेयर निष्कासन प्रक्रियालाई अगाडि बढाउँदै नेपाल स्टक एक्सचेन्ज लिमिटेडसँग बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासनका लागि सम्झौता सम्पन्न गरेको छ।

सम्झौताअनुसार कम्पनीले प्रति सेयर अंकित मूल्य सय दरका सेयर बुक बिल्डिङ प्रक्रियाबाट निष्कासन गर्नेछ। यसअन्तर्गत योग्य संस्थागत लगानीकर्ताहरूका लागि शिलबन्दी बोलपत्र दर्ता खोल्ने तथा मूल्य निर्धारण प्रक्रियामा नेप्सेले सहजीकरण गर्नेछ।

सम्झौतापत्रमा नेप्सेका प्रमुख कार्यकारी अधिकृत चुडामणी चापागाईँ र कम्पनीका प्रबन्ध सञ्चालक सुदर्शनलाल श्रेष्ठले हस्ताक्षर गरेका छन्। कार्यक्रममा कम्पनी सचिव अधिवक्ता सुदीप घिमिरे तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडका प्रतिनिधि मनोहर कँडेलको पनि उपस्थिति रहेको थियो।

कम्पनीले कुल १० करोड ८६ लाख ५० हजार मूल्य बराबरको १० लाख ८६ हजार ५ सय त्तिका साधारण सेयर निष्कासन गर्ने योजना बनाएको छ। जसमध्ये ४० प्रतिशत सेयर योग्य संस्थागत लगानीकर्ता र ६० प्रतिशत सेयर सर्वसाधारणका लागि निष्कासन गरिनेछ।

सेयर निष्कासनपछि कम्पनीको चुक्ता पुँजी ५३ करोड रुपैयाँ पुग्ने जनाइएको छ।

करिब ३० वर्षदेखि सञ्चालनमा रहेको टाइम फर्मास्युटिकल्सले नवलपरासीको गैँडाकोटमा केन्द्रीय कार्यालय तथा उत्पादन प्लान्ट सञ्चालन गर्दै आएको छ भने ललितपुरको सातदोबाटोमा मार्केटिङ कार्यालय रहेको छ। कम्पनीले हाल तीन सय जनालाई प्रत्यक्ष रोजगारी प्रदान गरी दुई सयभन्दा बढी प्रकारका औषधि उत्पादन गर्दै आएको छ।

प्रकाशित: २५ चैत २०८२ १८:५० | Wednesday, April 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

7 + 16 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast