काठमाडौँ- बागमती प्रदेशसभाको हिउँदे अधिवेशन आज (चैत २४) बस्दैछ। हेटौँडा उपमहानगरपालिका परिसरमा रहेको सभाहलमा दिउँसो ४ बजे सभाको बैठक बस्न लागेको हो। बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले प्रदेश मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधान २०७२ को धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभा बैठक बोलाएका हुन् ।
प्रदेशसभा बैठक गत भदौ १७ र १८ गते बसेर मंसिर ६ गते अन्त्य भएको थियो ।
प्रकाशित: २४ चैत २०८२ ८:१५ | Tuesday, April 7, 2026
प्रतिक्रिया




