निर्देशक सिप्पीले राजेश हमाललाई सुनाए ‘शोले’का किस्सा

हिमाल प्रेस २० चैत २०८२ १८:४६ | Friday, April 3, 2026
22
SHARES
निर्देशक सिप्पीले राजेश हमाललाई सुनाए ‘शोले’का किस्सा

काठमाडौँ- नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को दोस्रो दिन शुक्रबार बलिउड फिल्म ‘शोले’ का निर्देशक रमेश सिप्पी र महानायक राजेश हमालबीच ‘सिनेमा संवाद : रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको संवाद कार्यक्रम सम्पन्न भएको छ। पर्यटन बोर्डको हलमा भएको यस कार्यक्रममा निर्देशक सिप्पीले फिल्म ‘शोले’का विषयमा खुलेर कुराकानी गरेका थिए।

लेखकद्वय सलीम-जावेदले आफूलाई फिल्म ‘शोले’ निर्देशन गर्न दिनुका कारणबारे उनले भने, ‘उनीहरूसँग एउटा सानो आइडिया थियो। त्यो आइडिया पहिले अरू कसैको लागि थियो। उनले यो मेरो प्रकारको फिल्म होइन भनेर गरेनन्। त्यसपछि उनीहरूले मलाई एक आर्मी अफिसर र दुई अपराधीहरूको कथा सुनाए। म भाग्यमानी थिएँ कि मसँग ती दुई अद्भूत लेखकहरू थिए र हामीले यस्तो स्क्रिप्ट तयार गर्न सक्यौँ जसमा सबै तत्वहरू थिए।’

महानायक हमालले फिल्मका सबै पात्रसहित घोडाको समेत नाम दर्शकलाई याद हुने गरी अद्भूत फिल्म ‘शोले’ निर्देशन गरेको भन्दै सिप्पीको प्रशंसा गरे।

स्क्रिप्ट तयार भएको ६ महिनामा छायांकन सुरु भएको सिप्पीले सुनाए। उनका अनुसार यो फिल्म एक करोड बजेटमा सक्ने योजनाका साथ १९७३ अक्टोबर २ मा छायांकन सुरु भएको थियो।

उनले थपे, ‘तर बन्दै जाँदा यो ३ करोड पुग्यो। मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको थियो।’ हमालले सिप्पीलाई ‘यो फिल्म असफल भएको भए के हुन्थ्यो?’ भन्ने प्रश्न गरे। सिप्पीले भने, ‘म यहाँ (निफमा) हुँदैन थिएँ।’

करिब १ घण्टा हमाल र सिप्पीबीच संवाद भएको थियो।

प्रकाशित: २० चैत २०८२ १८:४६ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast