द्वन्द्वग्रस्त मुलुकमा समस्यामा परेका नेपालीको उद्धारका लागि आजदेखि विशेष उडान (तालिकासहित)

हिमाल प्रेस २० चैत २०८२ ६:४६ | Friday, April 3, 2026
16
SHARES
द्वन्द्वग्रस्त मुलुकमा समस्यामा परेका नेपालीको उद्धारका लागि आजदेखि विशेष उडान (तालिकासहित)

काठमाडौँ- पश्चिम एसियामा जारी द्वन्द्वका कारण अलपत्र परेका नेपालीको उद्धार गर्न नेपाल सरकारले आजदेखि तीन दिनसम्म विशेष उडान सञ्चालन गर्ने भएको छ।

नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ३ अप्रिलमा काठमाडौँ-दुबई, ४ अप्रिलमा दुबई-काठमाडौं तथा ५ अप्रिलमा काठमाडौँ-दमाम-काठमाडौँ उडान गर्ने तालिका तय गरेको छ।

सरकारका अनुसार ती क्षेत्रमा रहेका नेपालीलाई स्वदेश फर्काउन तथा गन्तव्य मुलुकसम्म पुर्‍याउन यो विशेष उडान सञ्चालन गर्न लागिएको हो।

यसअघि चैत १७ गते परराष्ट्र मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा निगमका उच्च अधिकारीबीच बैठक बसेर उद्धार र आवागमन सहज बनाउने विषयमा छलफल भएको थियो।

परराष्ट्रमन्त्री शिशिर खनालको निर्देशनपछि निगमले तीन दिनका लागि विशेष उडान सञ्चालन गर्ने निर्णय गरेको हो। पश्चिम एसियामा बढ्दो तनाव र असुरक्षाका कारण फेब्रुअरी २८ देखि नियमित उडानहरू स्थगित छन्।

उडान सञ्चालनका क्रममा आवश्यक बीमा व्यवस्थापनका लागि राष्ट्रिय बीमा कम्पनीले सहयोग गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रकाशित: २० चैत २०८२ ६:४६ | Friday, April 3, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast