आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई कारबाही गर्नुपर्छ : हर्क सम्पाङ

हिमाल प्रेस १९ चैत २०८२ १६:३३ | Thursday, April 2, 2026
38
SHARES
आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई कारबाही गर्नुपर्छ : हर्क सम्पाङ

काठमाडौँ- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकमा धारणा राख्दै अध्यक्ष राईले भदौ २३ र २४ गते जेनजी आन्दोलनका कार्यक्रममा आन्दोलन भड्काउने र दमन गर्ने दोषी पक्षलाई छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेका हुन्।

उनले मुलुकमा सुशासन कायम गर्न सबै राजनीतिककर्मी र सार्वजनिक ओहोदामा बसेका सबैको सम्पत्ति छानबिन गर्नुपर्नेमा जोड दिए।

मुलुकमा सुशासन कायम गरी भ्रष्टाचार अन्त्य गर्न सबै लाग्नुपर्ने उल्लेख गर्दै राईले सार्वभौमसत्ता र स्वाभिमानमा प्रतिकूल असर पार्ने कुनै पनि सन्धि सम्झौता खारेज गर्नुपर्नेमा जोड दिए। उनले सिमाना रक्षाका लागि नेपाली सेना खटाउनुपर्ने, प्रत्यक्ष कार्यकारीको व्यवस्था हुनुपर्ने बताए।

शान्ति सुरक्षाका साथै शिक्षा, स्वास्थ्य, खानेपानीलगायत जनताका आवश्यकताका क्षेत्रमा प्रभावकारी काम काम गर्न उनले सरकारको ध्यानाकर्षण गराए।

प्रकाशित: १९ चैत २०८२ १६:३३ | Thursday, April 2, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast