कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

हिमाल प्रेस १५ चैत २०८२ १३:१२ | Sunday, March 29, 2026
20
SHARES
कर्मचारीलाई जिम्मेवारीप्रति प्रतिबद्ध भएर काम गर्न ऊर्जामन्त्री श्रेष्ठको निर्देशन

काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले मन्त्रालयको समग्र अवस्था, हालसम्मको प्रगति, विद्यमान चुनौती तथा आगामी कार्यदिशा सम्बन्धी विषयमा मन्त्रालयका उच्च पदस्थ कर्मचारीहरूसँग विस्तृत छलफल तथा जानकारी लिएका छन् ।

आइतबार उनले मन्त्रालयअन्तर्गत सञ्चालन भइरहेका विभिन्न आयोजना तथा कार्यक्रमहरूको प्रगति अवस्थाबारे सूक्ष्म रूपमा जानकारी लिनुका साथै सेवा प्रवाहलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमुखी बनाउने विषयमा विशेष जोड दिए । ऊर्जा क्षेत्रको दिगो विकास, जलस्रोतको समुचित उपयोग तथा सिंचाइ प्रणालीको विस्तारमार्फत कृषि उत्पादनमा वृद्धि गर्ने सरकारको लक्ष्य प्राप्तिका लागि स्पष्ट कार्य योजना, समयबद्ध कार्यान्वयन र उत्तरदायित्वपूर्ण कार्यशैली आवश्यक रहेको धारणा उनले व्यक्त गर्नु भएको छ ।

त्यसैगरी, मन्त्रालयभित्र समन्वय, अनुशासन र परिणाममुखी कार्यसंस्कृतिको विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै मन्त्री श्रेष्ठले कर्मचारीहरूलाई आफ्नो जिम्मेवारीप्रति पूर्ण प्रतिबद्धता, इमानदारी र उच्च मनोबलका साथ काम गर्न निर्देशन दिए। जनताले महसुस गर्ने गरी प्रत्यक्ष परिणाम दिने कार्यसम्पादनलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिँदै उनले ऊर्जा क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने दिशामा सबै पक्ष एकजुट भएर अगाडि बढ्नुपर्ने उल्लेख गरेका छन्।

मन्त्री श्रेष्ठले आगामी दिनमा देखिएका चुनौतीहरूलाई अवसरका रूपमा रूपान्तरण गर्दै नीति, योजना र कार्यान्वयनबीच प्रभावकारी समन्वय कायम गरी मन्त्रालयको समग्र कार्यक्षमता अभिवृद्धि गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित: १५ चैत २०८२ १३:१२ | Sunday, March 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast