वीरगन्ज भन्सारले संकलन गर्‍यो एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व

हिमाल प्रेस १३ चैत २०८२ ८:४३ | Friday, March 27, 2026
12
SHARES
वीरगन्ज भन्सारले संकलन गर्‍यो एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व

पर्सा- वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा रु एक खर्ब ५४ अर्ब ८४ करोड राजस्व संकलन गरेको छ।

कार्यालयले चालु आवको सात महिनामा रु एक खर्ब ७५ अर्ब ३१ करोड राजस्व संकलन गर्ने लक्ष्य लिएकामा ८८ दशमलव राजस्व संकलन भएको छ।

उक्त कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा रु १३ अर्ब ३६ करोड बढी राजस्व संकलन भएको बताए।

चालु आवको साउनमा रु १८ अर्ब ४४ करोड राजस्व संकलन गर्‍यो। भदौमा रु २० अर्ब ७३ करोड, असोजमा रु १९ अर्ब नौ करोड, कात्तिकमा रु १७ अर्ब ३३ करोड राजस्व संकलन भएको थियो।

यसैगरी, मंसिरमा रु २० अर्ब ८० करोड, पुसमा रु २० अर्ब २० करोड, माघमा रु १८ अर्ब ९२ करोड, फागुन रु १९ अर्ब ३४ करोड राजस्व संकलन भएको छ।

प्रकाशित: १३ चैत २०८२ ८:४३ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast