कालीमाटीमा कृषिउपज मूल्यमा सामान्य उतारचढाव

हिमाल प्रेस १३ चैत २०८२ ८:२४ | Friday, March 27, 2026
8
SHARES
कालीमाटीमा कृषिउपज मूल्यमा सामान्य उतारचढाव

काठमाडौँ- काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले हिजो र आजका लागि निर्धारण गरेको कृषिउपजको थोक मूल्य तुलना गर्दा अधिकांश वस्तुको मूल्य स्थिर रहे पनि केही वस्तुमा सामान्य उतारचढाव देखिएको छ।

हिजोको तुलनामा आज गोलभेँडा सानो (लोकल) रु ४० बाट घटेर रु ३५, गोलभेँडा सानो (भारतीय) रु ४५ बाट रु ४०, तथा गाजर (लोकल) रु ४० बाट रु ३५ मा झरेको छ।

त्यस्तै परवर (तराई) रु ११० बाट घटेर रु ९०, भिन्डी रु १५० बाट रु १४०, सखरखण्ड रु ७० बाट रु ८० मा बढेको छ भने कोइरालो रु १८० बाट बढेर रु २२० पुगेको छ।

फलफूलतर्फ कागती रु २५० बाट घटेर रु २४०, भुइँकटहर रु १७० बाट रु १६० र स्ट्रबेरी रु ३५० बाट रु ३३० मा झरेको छ।

अदुवा रु ११० बाट घटेर रु १०० र हरियो खुर्सानी रु १५० बाट रु १२० मा घट्दा बुलेट खुर्सानी पनि रु १३० बाट रु ११० मा झरेको छ।

काउली (ज्यापु) रु ९० बाट बढेर रु १०० पुगेको छ भने अधिकांश तरकारी, फलफूल तथा मसला सामग्रीहरूको मूल्य भने यथावत् छ।

प्रकाशित: १३ चैत २०८२ ८:२४ | Friday, March 27, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast