विज्ञहरूको निष्कर्षः आईकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना

हिमाल प्रेस १३ माघ २०७९ १५:५५
12
SHARES
विज्ञहरूको निष्कर्षः आईकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना २०७९ माघमा पोखरामा भएको विमान दुर्घटना। काठमाडौँदेखि पोखराका लागि उडेको यति एयरको विमानमा ७२ यात्रु सवार थिए। फाइल तस्बिर

काठमाडौँ- विज्ञहरूले अन्तर्राष्ट्रिय नागरिक उडड्यन संगठन (आईकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरूको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटनामा बढिरहेको निष्कर्ष निकालेका छन्।

नेपाल नागरिक उडडयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर अच्युतराज पहाडीले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन दक्ष जनशक्तिको अभाव रहेको निष्कर्ष निकालेका हुन्।

संघीय संसद् राष्ट्रियसभा अन्तरगतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा बोल्दै नेपाल एयर लाइन्सका पूर्वइन्जिनियर पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरूको पूर्ण पालना गर्न सके नेपालको हवाई सेवा सुरक्षित हुने र दुर्घटना न्यूनिकरण हुँदै जाने बताए।

उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाई सेवा प्रदायक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने धारणा राखे।‘आइकाओले निर्दिष्ट गरेको गाइडलाइन्सहरू छ।युरोपियन युनियनले निर्दिष्ट गरेका गाइडलाइन्सहरू छ। त्यसको हामीले अक्षरश पालना गरियो कि गरिएन त?,’ उनले भने, ‘सम्बन्धित निकायले दिएको निर्देशनअनुसार भयो कि भएन? त्यो महत्वपूर्ण होर हो। त्यसको अनुगमन कडाईका साथ हुनुपर्दछ। दक्ष म्यानपावरहरु हायर गरेर काम गर्नु पर्‍यो । यसो गर्न सकियो भने भविष्यमा नेपालको हवाई उडानमा हुने दूर्घटना कम हुँदै जान्छ । दक्ष जनशक्तिको व्यवस्था गर्नु प¥यो । बाहिरबाट भएपनि दक्ष जनशक्ति नझिकाई मुलुकको हवाई सेवा सुरक्षित हुन सक्दैन।’

नेपाल नागरिक उडड्यन प्राधिकरणका पूर्वमहानिर्देशक गौतमले नेपालको हवाई सेवालाई सुरक्षित बनाउन नियमनकारी निकायहरुको दक्षता अभिवृद्धिमा जोड दिनुपर्ने बताए। उनले हवाई सेवा सुरक्षाका लागि संरचनागत सुधारका कामहरुमा पनि ध्यान दिन सरकारको गम्भिर ध्यानाकर्षण गराए।

‘सकेसम्म हामीले के इन्स्योर गर्न आवश्यक छ भने नेपाली आकाश सुरक्षित छ भन्ने कुरा इन्स्योर गर्नका लागि कम्तिमा पनि स्ट्रक्चरल सुधारका कुराहरुमा तुरुन्तै ध्यान दिनु पर्दछ,’ उनले भने, ‘जसले गर्दा नियमन अधिकारी अथवा मोर स्ट्रेन्थेन होस् मोर क्यापएबल होस्। जहाँबाट सेफ्टी इन्ह्यान्स गर्न सकियो।’

नेपालको हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यवसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता रहेको तत्कालीन हवाई विभागका पूर्व महानिर्देशक वीरेन्द्रबहादुर देउजाले औंल्याए।

प्रकाशित: १३ माघ २०७९ १५:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − thirteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast