‘क्यानका पदाधिकारीलाई पदमुक्त गरेरमात्र हवाई दुर्घटना छानबिन गरियोस्’

हिमाल प्रेस २४ साउन २०८१ १६:१३
104
SHARES
‘क्यानका पदाधिकारीलाई पदमुक्त गरेरमात्र हवाई दुर्घटना छानबिन गरियोस्’ फाइल तस्बिर

काठमाडौँ- सांसदहरूले नागरिक उड्डयन प्राधिकरण (क्यान) का पदाधिकारीलाई पदमुक्त गरी हवाई दुर्घटना छानबिन गर्न माग गरेका छन्।

बिहीबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा सांसदहरूले यस्तो माग गरेका हुन्।

समितिको बैठकमा बोल्दै कांग्रेसका अधिकांश सांसदहरूले क्यानका पदाधिकारीलाई पदमुक्त गरी हवाई दुर्घटना छानबिन गर्न माग गरे।

पदाधिकारीहरू पदमा रहँदै हवाई दुर्घटनाबारे हुने छानबिनको कुनै अर्थ नहुने उनीहरूको भनाइ थियो।

कांग्रेस सांसद विमलेन्द्र निधिले पदाधिकारीलाई पदमुक्त गरेरमात्र छानबिन अगाडि बढाउन पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई सुझाव दिए। क्यानका पदाधिकारीलाई यथावत राखेर हुने छानबिनको केही अर्थ नहुने उनको भनाइ थियो।

‘जबसम्म पदाधिकारी कायमै रहन्छन्, हामीले आयोगमात्रै बनाएर केही हुँदैन,’ निधिले भने,‘आयोग बनेपछि उहाँहरू झनै खुशी हुनुहुन्छ। उहाँहरू रहिरहनुहुन्छ। छानबिनको अर्थ के? पहिले पदाधिकारीलाई पदमुक्त गरियोस्, निलम्बन गरियोस्, अनिमात्र छानबिन होस्। तत्कालै एक्सनमा जानुस् मन्त्रीज्यू।’

समितिको बैठकमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हावाई सुरक्षा अभिवृद्धिका लागि सरसकार गम्भीर रहेको बताएका थिए।

नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको उनको भनाइ थियो।

प्रकाशित: २४ साउन २०८१ १६:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =