म्याड्रिड डर्बीमा रियलको जित

हिमाल प्रेस ९ चैत २०८२ ७:११ | Monday, March 23, 2026
8
SHARES
म्याड्रिड डर्बीमा रियलको जित

काठमाडौँ- स्पेनिस लालिगामा रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडमाथि रोमाञ्चक जित निकालेको छ। म्याड्रिड डर्बीको पहिलो हाफमा सुरुवाती अग्रता लिएको एट्लेटिको अन्तिममा पछाडि परेको हो । उसका लागि एडेमोला कुलमानले ३३ औँ मिनेटमा उत्कृष्ट गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा पाएको पेनाल्टीलाई सदुपयोग गर्दै खेलको ५२ औँ मिनेटमा भिनिसियसले खेल बराबरीमा फर्काएका थिए । त्यसको केही समय अर्थात् खेलको ५५ मिनेटमा फेडेरिको भाल्भर्डेको गोलमा रियलले २–१ को अग्रता लिएको थियो ।

एट्लेटिकोको लागि खेलको ६६ औँ मिनेटमा नहुएल मेलिनाको प्रहार गोलमा परिणत हुँदा खेल फेरि बराबरीमा फर्किएको थियो । तर त्यसको ६ मिनेट अर्थात् खेलको ७२ औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो गर्दै गर्दै खेलमा ३–२ को जित निश्चित गरेका हुन् । अन्तिम समयमा अर्थात् ७७ औँ मिनेटमा १० खेलाडीमा सीमित भएको रियलले तनावका बीच जित निश्चित गरेको हो।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast